बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:३९
वासिङटन डिसी 07:54

फ्लोरिडाको एक नहरमा रहस्यमय रुपमा दुई दिदीबहिनी मृत अवस्थामा फेला

इनेप्लिज २०७८ असार १० गते ११:१७ मा प्रकाशित

फ्लोरिडाको एक नहरमा रहस्यमय रुपमा दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् । फ्लोरिडा प्रहरीका अनुसार अहिले सम्म के कारणले उनीहरुको मृत्यु भएको हो भन्ने बारेमा पत्ता लागी नसकेको जनाएका छन् ।

गत मंगलबार ९११ मा प्रहरीलाई कसैले खबर गरेका थिए ।

उनीहरुको शव पानी माथि तैरी रहेको अवस्थामा फेला परेको लाउडरहिल प्रहरीका सहायक माइकल सानटिएगोले एबिसी न्युजलाई बुधबार बिहान बताएका थिए ।

प्रहरीका अनुसार गत मंगलबार करिव ८:४५ मिनेटमा एकबालिका मृत अवस्थामा फेला पारे पछि ९११ मा प्रहरीलाई खबर गरि करिब बराबर उमेरको अर्की बालिका फेला परेको जानकारी प्राप्त भएको जनाएका थिए ।

गत बुधबार दुई जना युवती दिदीबहिनी भएको खुलासा गरेका छन् ।

प्रहरीका अनुसार ८ बर्षिय डेसटिनी होगन पहिले मृत अवस्थमा फेला परेकी थिइन् भने अर्को उनकी बहिनि ७ बर्षिय डेसा होगन पछि फेला पारेकी थिइन् ।

प्रहरी अधिकारीका अनुसार कुनै पनि चोट पटक नलागेको र कसैले पनि हराएको खबर नगरेको जनाएका छन् । प्रहरीले यो रहस्यमय मृत्यु बारेमा अनुसन्धान भै रहेको जनाएका छन् ।

 

प्रतिक्रिया