बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:०८
वासिङटन डिसी 07:23

फ्लोरिडाको मायामी क्षेत्रको एक १२ तले भवन आंशिक भत्कियो

इनेप्लिज २०७८ असार १० गते १०:५१ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको मायामी शहर नजिक १२ तले भवन आंशिक भत्किएको छ । उक्त भवन भत्किए पछि बिशाल आकस्मिक सेवा तैनाथ र उद्धार कार्यमा जुटेका छन् । अहिले बिहान बिहिबार जुन २४ का दिन उक्त भवन खसेको हो ।

ऊक्त घटना सर्फसाइड भन्ने शहरमा भएको हो । अहिले सम्म के कती क्षति भयो भन्ने कुनै जानकारी संचार माध्यमहरुले पनि समाचारमा उल्लेख गरेका छैनन । उक्त घटना हुने बित्तिकै मायामी डेड अग्नि उद्दार टोली त्यहाँ पुगेको सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।

उक्त भवनमा थुप्रै मानिसहरु बसोबास गर्छन । उक्त क्षेत्रमा सडक बन्द गरिएको छ भने अग्नि नियन्त्रण टोलि ,बिरामी बाहक सवारी साधन र प्रहरीका सवारी साधनहरु त्यहाँ पुगेका छन् ।

आंशिक रुपमा भवन खसे पछि त्यसका ढुंगा/इँटाका टुक्रा तथा भग्नावशेषहरु छेउछाउमा थुप्रिएका छन् । उक्त भवन १९८१ मा निर्माण गरिएको हो भने सर्फसाइड शहर स्थित एक समुन्द्रतटको दक्षिणपूर्वको कुनामा रहेको डब्लुविटिभी डटकमले जनाएको छ । दुई शयन कक्ष भएको उक्त एक ईकाई(युनिट)को बजार मुल्य ६ देखि ७ लाख डलर मुल्य पर्दछ ।

प्रतिक्रिया