बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:२१
वासिङटन डिसी 07:36

स्पेनको कारागारमा म्याकफी मृत अवस्थामा फेला

इनेप्लिज २०७८ असार १० गते १:४८ मा प्रकाशित

विवादास्पद एन्टीभाइरस सफ्टवेयर म्याग्नेट ( सङ्गणकयन्त्रको लागि प्रयोग गरिने बिषाणु बिरुद्ध तन्त्रांश ) का जोन म्याकफी स्पेनको कारागारमा मृत अवस्थामा फेला पारेका छन ।

उनको ७५ बर्षको उमेरमा मृत्यु भएको छ । म्याकफीलाई गत वर्ष संयुक्त राज्य अमेरिकामा कर चोरी गरेको आरोपमा स्पेनको बार्सिलोना नजिक रहेको कारागार थुनिएका थिए भने उनलाई सुपुर्दगी गर्ने रहेको अवस्थामा उनको अचानक मृत्युको दुखद खबर आएको छ ।

म्याकफी बुधबार दिउसो करिव १ बजे अमेरिकन पूर्वीय समयमा उनको कोठामा मृत भेटिएको खबर सिएनएनले प्रकाशित गरेको छ । एक चिकित्सा परीक्षक घटना स्थलमा भै रहेको जानकारी क्याटालोनियाको सुपेरियर अदालतका प्रवक्ताले सीएनएनलाई भने। उनका अनुसार मृत्युको कारण अनुसन्धान भइरहेको छ।

त्यहाँ कारागार प्रबन्ध गर्ने क्याटालोनिया क्षेत्रीय सरकार न्याय विभागको एक विज्ञप्तिमा भनिएको छ कि कारागारमा चिकित्सा कर्मचारी र सुरक्षाकर्मीहरूले म्याकाफीलाई बचाउने प्रक्रिया गर्ने प्रयास गरे तर असफल रहेको जनाएका छन् । वक्तव्यका अनुसार म्याकफीको आत्महत्याबाट द्वारा उनको मृत्यु भएको हुन् सक्ने जनाईएको छ ।

यस हप्ता स्पेनको राष्ट्रिय अदालतका तीन न्यायाधीशहरूको समूहले म्याकफीलाई अमेरिकालाई सुपुर्दगी गर्ने निर्णय गरे पछि मृत्यु भएको हो ।

केही महिना अघि कर चोरी गरेको आरोपमा संयुक्त राज्य अमेरिकामा अभियोग लागेपछि म्याकफीलाई अक्टूबरमा स्पेनमा पक्राऊ गरिएको थियो । उनले २०१४-२०१८ सम्ममा कर दाखिला नगरेको उनलाई आरोप लगाइएको थियो ।

स्पनेली न्यायाधिशहरुले उनलाई २०१६ ,२०१७ र २०१८ को कर दाखिला सम्बन्धि आरोपहरूको सामना गर्न स्पेनका न्यायाधीशहरूले उनलाई सुपुर्दगी गर्ने स्वीकृति दिएका थिए ।

उनको पुरा नाम जोन डेभिड म्याकफी हो । उनि एक ब्रिटिश-अमेरिकी कम्प्युटर प्रोग्रामर(बेलायतीआमेरिकी गणक यन्त्र क्रमादेशक ) तथा व्यापारी थिए। उनले १९८७ मा सफ्टवेयर कम्पनी म्याकफी एसोसिएट नामक प्रतिष्ठान स्थापना गरेका थिए ।

उनले उक्त प्रतिष्ठानबाट सन् १९९४ मा राजीनामा गरेका थिए ।

प्रतिक्रिया