मेरिल्याण्डको टकोमा पार्क शहरमा एक किशोरको हत्या भएको कारण ५ किशोरहरु पक्राउ
अमेरिकाको मेरिल्याण्ड राज्यको टकोमा पार्क शहरमा एक किशोरको हत्या भएको कारण ५ जना किशोरहरुलाई पक्राउ गरिएको छ । प्रहरीले मृतक किशोरलाई हिड्ने मार्गमा प्रिन्स जर्ज काउन्टीमा पाइएको थियो ।
टकोमा पार्कका १५ बर्षिय नेल्सन रामोसलाई हत्या गरेको अभियोगमा प्रथम श्रेणीको हत्याको अभियोग चलाईएको छ ।
पक्राउ पर्नेहरुमा भर्जिनियाका २० बर्षिय विलियम रिभेरा मार्टिनेज ,मेरिल्याण्ड हायतभिल्सका १९ बर्षिय जिसिन पोर्टिलो,मेरिल्याण्डको ल्यांगले पार्कका २० बर्षिय एड्रस आरेली लोपेज, मेरिल्याण्ड हाईयत्स भिलका २१ बर्षिय मारियो आलेकजेन्डर क्लरिओस एरिअस तथा मेरिल्याण्ड हाईयत्सभिलका १८ बर्षिय मार्लोन स्टेभेन मिगल रामीरेज रहेका छन् ।
नाम र थर हेर्दा पाचै जना स्पनेली मुलका रहेको देखिन्छ ।
विलियम रिभेरा मार्टिनेजलाई फेयरफ्याक्समा हिरासतमा रहेका छन् ।
उनलाई मेरिल्याण्ड सुपुर्दगी गर्नु पर्ने देखिन्छ । अन्य ४ जना प्रिन्स जर्ज काउन्टीको कारागारमा राखिएको एक बिज्ञप्तिमा जनाइएको समाचार डब्लुटिओपीले लेखेको छ ।
गत अप्रिल ७ का दिन बिहान ३:१५ मिनेटमा रुटन उत्तरपश्चिमको पैदल हिड्ने एक मार्गमा रामोस घाइते अवस्थामा प्रहरीले फेला पारेका थिए । प्रहरी त्यहाँ पुगे पछि घटनास्थल मै उनलाई मृत घोषित गरिएको थियो ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया