बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:३४
वासिङटन डिसी 08:49

अलविदा बिधान !

भर्जिनियाले एउटा उदाउदो र होनहार खेलाडी सदाको लागि गुमाएको छ ।

विजय थापा २०७८ असार ९ गते २३:३९ मा प्रकाशित

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो…

डिसी महानगर क्षेत्र । भर्जिनियाका बिधान ठाकुरको भर्जिनियाको फल्स चर्च शहरको नेसनल फ्युनेरल होममा अन्त्येष्टि गरिएको छ । गत जुन २१ ,२०२१ सोमबारका दिन बिहान ११ बजे अंतिम संस्कार सम्पन्न भएको छ ।

उनि सबैलाई सदाको लागि छोडेर कहिले नआउने गरि बिलय भएका छन् । भर्जिनियाले एउटा उदाउदो र होनहार युवा खेलाडी सदाको लागि गुमाएको छ ।

नेपाल तराई गौर घर भै अमेरिकाको भर्जिनियामा बस्दै आएका बिधान ठाकुरको गत निधन जुन १९ का दिन शनिबार निधन भएको थियो । ३५ वर्षीय ठाकुर भर्जिनियाको स्प्रिन्ग्सफिल्डमा आमाबुवासंग बस्दै आएका थिए । उनको जन्म जुलाई २४ ,१९८६ मा नेपालमा भएको थियो भने उनि बाबु आमाका एक मात्र सन्तान थिए ।

उनलाई उच्च रक्तचापको साथै दम रोगबाट पीडित थिए । उनको निधन आफ्नै निवासमा भएको थियो ।

उनि किक बक्सिङ्ग खेलका राम्रो खेलाडी थिए । उनले उक्त खेलमा आफ्नो समूहमा विजयी समेत भएका थिए । सन् २०१२ मा उनि बिजेता भए पनि उनि घाइते भएका थिए ।

घाइते भए पछि २०१५ देखि उनले उक्त खेल खेल्न छोडेका थिए । उनको बुवाको नाम बच्चन देव ठाकुर तथा आमाको नाम बिमला ठाकुर हो । दुवैजना भर्जिनियामै बसोबास गर्नु हुन्छ ।

आर्थिक संकलनको लागि गो फन्ड मि संचालन ल्याएको छ । उक्त गो फन्ड एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (एन्टा)ले संचालनमा ल्याएको जनाएको छ ।

आर्थिक संकलन गर्ने लक्ष्य २५ हजार डलर राखिएको छ भने उक्त गो फन्ड जुन २२ का दिन खोलिएको हो । सँस्थाले समुदायको तर्फबाट सक्नेले आर्थिक सहयोग गर्न अनुरोध समेत गरेको छ । संकलन भएको सबै रकम बुवाआमालाई जाने समेत जनाएको छ ।

साथै संस्थाले श्रद्धान्जली अर्पणको साथै मृतको चिर आत्माको शान्तिको कामना सहित शोक शन्तप्त परिवार प्रति धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै प्रार्थना गर्दै समवेदना प्रकट गरेको छ ।

सहयोग गर्न चाहनेले यहा थिच्नु होला :

https://www.gofundme.com/f/pvbw8f-untimely-demise-of-the-only-supporting-child?

प्रतिक्रिया