लोकप्रिय कामको प्रतिफलले जनविश्वासको जग हाल्दै नारायण

वीरेन्द्र रावल २०७८ असार ९ गते २२:२२ मा प्रकाशित

वीरेन्द्र रावल,धनगडी,असार ८।विकासका लागि जनसहभागितामा आधारित योजना,दृढ ईच्छा शक्ति र निस्वार्थ भावनाले जनताको सेवामा तल्लीन भएकै कारण धनगढी उपमहानगरपालिका वडानम्बर ८ का वडाअध्यक्ष नारायण लम्साल जनताका माझ लोकप्रियता हाँसिल गर्न सफल भएका छन्।

सरल स्वभावका धनी लम्साल बुधबार बर्षातको झरीमा हिलाम्य अवस्थामा वडानम्बर ८ को वडा कार्यालय भवनको पर्खाल सम्याउने कार्यमा डोजर चालकलाई कामको बारेमा सघाईरहेको अवस्थामा देखिनुभयो।

जनताको काम आफ्नै काम सरह ठानेर बर्षातको झरीमा होस् या हिंउदको कठ्यांग्रिने जाडोमानै किन नहोस् वडाअध्यक्ष अहोरात्र जनताको सेवामा खटिने मध्य पहिलो वडाअध्यक्षमा पर्नुहुन्छ भन्नेमा दुई मतनै छैन।

अधिकाँश वडाबासीहरुले वडानम्बर ८ मा भरपर्दो,विश्वासिलो र विकासप्रेमी वडाअध्यक्ष पाएकोमा गर्व गर्छन।वडाअध्यक्ष लम्सालले विकास निर्माणको सवालमा सत्तापक्ष,प्रतिपक्ष जो सुकै होस् सबैसंग सहकार्य र सहभागिता जुटाएर गर्ने गरेको बताईन्छ।

 

संघीय,प्रदेश र स्वयं धनगढी उपमहानगरपालिकाको स्रोतले आफ्नो वडाको विकासका लागि पहल गर्ने परिपाटीको विकासमा आफुले कुनै कसर नराखेर जनताको विकासको चाहनालाई धेरै पुरा गर्न नसकेपनि केहि हदसम्म गर्न सफल भएको बताउनु हुन्छ वडाअध्यक्ष नारायण लम्साल।

नेपाली काँग्रेसबाट लोकप्रि मत पाएर वडाअध्यक्षमा विजयी हुनु भएका लम्सालले भन्नु भयो विकास निर्माणका हरेक कार्यमा प्रतिपक्षी दलका साथीहरु र वुद्धिजीवीहरुको राय लिएरनै गर्ने गरेको छुँ।

नेपालमै सबै भन्दा बढी विद्यार्थी भएको कैलाली बहुमुखी क्याम्पस, शिवनगरखानेपानी आयोजना,धार्मिक प्राकृतिक क्षेत्र जाखोर तालमन्दी परिसर, वनस्पति उद्यान,राना थारु वस्ती देखि लिएर लगभग देशका ७७ वटै जिल्लाका मानिसहरुको बसोबास रहेको वडाको सान र गर्वलाई उचो बनाउनका लागि लागि परेको बताउनु हुन्छ वडाअध्यक्ष लम्साल।

वडानम्बर ८ को पर्यटन,शिक्षा,स्वास्थ्य,शिक्षा देखि लिएर मानवीय अनि भौतिक विकासका लागि भ्याएको स्रोत र साधन प्रयोग गरेर भएपनि विकासको लागि पहल गरिरहेको वडाअध्यक्ष लम्सालले बताउनुभयो।

वडानम्बर ८ को आधुनिक कार्यालय निर्माण सम्पन्न भैसकेको र वडाकार्यालयको परिसरमा सहिद स्मारक निर्माणको तयारीमा रहेको र आम सर्वसाधारणको सुविधाका लागि शौचालय र वडावासीलाई स्वस्थ र निरोगी रहुन भन्नका लागि परिसरमै योगाभ्यास तथा व्यामशालाको निर्माण सम्पन्न भैसकेको वडाअध्यक्ष लम्सालले जानकारी दिनु भयो।

आफ्नो पालामा ७ हजार ५ सय मिटर सडक कालोपत्रे,८ हजार पक्की नाली ,संघीय सरकारको सहयोगमा ३४ करोडमा सुविधा सम्पन्न सिटीहल,पर्यटन विकासका लागि तौलाहा तालमा पर्खाल निर्माण र प्रतिक्षालयहरु निर्माण देखि घेरा पर्खाल लगाउने कार्य सम्पन्न भैसकेको अध्यक्ष लम्सालले बताउनु भयो।वडा कार्यालयको परिसरमा १० बर्षे जनयुद्धका क्रममा राज्य र माओवादी पक्षबाट हत्याभएका नागरिकको सम्झनाका लागि स्मारक निर्माण भैरहेको पनि अध्यक्ष लम्सालले बताउनु भयो।

यस्तै बर्षातको समयमा डुवानको समस्यामा पर्दै आएका वडाबासीहरुको मागलाई मध्यनजरगर्दै सुक्टीनालामा ३ किलोमिटर तटबन्ध,वडानम्बर १ शिवनगरलाई जोड्ने नालामा कैलाली वहुमुखी क्याम्पसमा अध्ययनगर्न जाने विद्यार्थीलाई सहज होस् भनेर ट्रसब्रिज निर्माण सम्पन्न भएको पनि अध्यक्ष लम्सालले जानकारी दिनुभयो।

यस्तै आफ्नो पालामा वडालाई पूर्वाधारको क्षेत्रमा सुविधा सम्पन्न बनाउने उद्देश्यका साथ ४ कठ्ठा जग्गामा शिवनगरस्थित नहरको छेवैमा सुविधा सम्पन्न हल,पार्क र मन्दीर निर्माणका लागि डिपिआर तयार भैसकेको र उक्त क्षेत्रमा केहिसमयमै निर्माणका कार्यहरु अगाडी बढाईने पनि अध्यक्ष लम्सालले बताउनु भयो।
वडाभित्रका युवा युवतिलाई सीपयुक्त आत्म निर्भर जनशक्ति तयार गर्नै उद्देश्यले क्रिष्टल गहना तालिम,सिलाई कटाई तालिम प्रदान गरिनुका साथ साथै महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाई समेत प्रदान गरिएको बताउनु हुन्छ अध्यक्ष लम्साल।

यसैगरी शिक्षाक्षेत्रको विकास र प्रोत्साहनका लागि वडाकै पुरानो माध्यामिक विद्यालय धनगढी माध्यामिक विद्यालयमा अध्ययनरत जेहेन्दार र बढी अंक ल्याउने बिद्यार्थीलाई ल्यापटप पुरस्कार,यस्तै वडाभित्रका ७ वटा नीजि बोर्डिङ्ग स्कुलमा अध्ययन गर्ने ७ जना सबै भन्दा बढी अंक ल्याउने छात्र छात्रालाई समेत ल्यापटप प्रदान गर्ने कार्यक्रमको पनि थालनी गरिएको अध्यक्ष लम्सालले जानकारी दिनु भयो।

आफु वडाअध्यक्षमा निर्वाचि भैसकेपछि जनताको सेवा के कति गर्न सकियो सकिएन तर जनप्रतिनीधि भैसकेपछि वडाका सबै जनताको अभिभावक बन्ने प्रयासमा आफु रहेको पनि लम्सालले बताउनु भयो।

कोरोनाको संक्रमणमा पनि आफुले आफ्ना वडावासीलाई स्वास्थ्य सर्तकताका लागि बेला बखत जनचेतना जगाउने लगायतका कार्यका साथ साथै संक्रमितहरुलाई आईसोलेशनसम्म पुगाउने र उपचारका लागि अस्पतालसम्म पुग्न सुझाउने गरेको अध्यक्ष लम्सालले बताउनु भयो।

धनगढी उपमहानगरका अन्य वडाभन्दा लोकप्रयि काम गर्नमा र जनताको सेवामा अध्यक्ष लम्साल क्रियाशिल भएको देख्दा आफुहरुलाई गर्व लागेको बताउनु वडानम्बर ८ का बासिन्दा सुरेन्द्र थापा।

वडाअध्यक्ष नारायण लम्साल जस्तै जनताको असल सेवक बन्नेतर्फ सबै जनप्रतिनीधिहरु लाग्ने हो भने स्थानीय देखि सबै तहमा विकास र सुशासनमा व्यापक सुधार अनि प्रगति आउन सक्ने आम जनताको विश्वास रहेको छ

 

 

 

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया