मौलापुरमा मेयरको समर्थनमा हजारौँले गरे प्रदर्शन

इनेप्लिज २०७८ असार ९ गते २२:०७ मा प्रकाशित

रौतहट प्रदेश दुईमा एक मात्र नगर प्रमुख रहेको रौतहटको मौलापुरमा बुधवार हजारौँले प्रदर्शन गरेका छन्।सोमवार चार राजनैतिक दलले नगर प्रमुखको विपक्षमा प्रदर्शन गरेको काउन्टरमा मेयर पक्षले प्रदर्शन गरेको हो।

मौलापुर नगरपालिकाले अन्य स्थानीय तहको तुलनामा फरक किसिमले निकै धेरै विकास गरेको छ।विपक्षीहरुले अनेक किसिमले अवरोध सिर्जना गर्दै आइरहेको छ।तीन तले नगरपालिकाको कार्यालय भवन,व्यवस्थित बजार,सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी आफ्नै भवनमा प्राविधिक शिक्षा संचालन गर्ने सम्भवतः प्रदेश दुईमा पहिलो पालिका बन्न पुगेको छ।नगरपालिकाबाट दरबन्दी सिर्जना गरी शिक्षक नियुक्ति,चार वटा माध्यमिक विद्यालयको स्थापनाजस्ता दूरगामी महत्वका अत्यन्तै महत्वपूण कामहरु गरिसकेको मौलापुरले व्यवस्थित पुस्तकालयको निर्माण गरिरहेको छ।सडक पूर्वाधारमा व्यापक प्रगति गरिसकेको मौलापुरमा व्यापक भ्रष्टाचार रहेको भन्दै मंगलवार विपक्षीहरुले प्रदर्शन गरेका थिए।

विकास कार्यमा सहयोग गर्नुपर्नेमा निरन्तर अवरोध सिर्जना गर्दै आएकाहरुले विकास विरोधी प्रदर्शन गरेको भन्दै विकासको पक्षमा मौलापुरमा बुधवार गरिएको प्रदर्शनमा हजारौँको सहभागिता रहेको देखिएको छ।

हजारौँलाई सम्बोधन गर्दै मेयर रिनाकुमारी साहले विकासको विरोध गर्ने र विकासको काममा अवरोध गर्नेहरुलाई विशाल जनसहभागिताले स्वतःजवाफ दिएको बताउँदै कसैका डर र त्रासमा नलागी विकासको पथमा निरन्तर साथ दिइरहन स्थानीयबासीलाई आग्रह गरेकी छिन्।

प्रतिक्रिया