बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:१३
वासिङटन डिसी 08:28

महाबीर पुन सँग छलफल कार्यक्रम हुने

इनेप्लिज २०७८ असार ९ गते २१:५९ मा प्रकाशित

यहि जुन २८ सोमबारका दिन राष्ट्रिय आबिस्कार केन्द्रका संयोजक महाबीर पुन सँग एन आर एन ए भर्जीनिया च्याप्टर ले छलफल कार्यक्रम आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रममा सहभागि हुन डिसि मेट्रो क्षेत्र वरिपरी रहनुहुने सम्पूर्ण महानुभाब हरुलाई सहभागिता जनाई दिनुहुन अनुरोध गर्दछौ आ-आफ्ना जिज्ञासा सरोकार र मुलत :सुचना प्रबिधिको ज्ञान आदान प्रदानको बिषयमा छलफल गरी राष्ट्रिय अनुसन्धान केन्द्रले गरिरहेको कार्यको बारेमा समेत प्रत्यक्षरुपमा जानकारी दिइनेछ ।

मातृभूमी प्रतिको अघातस्नेह र परोपकारी भावनाले ओत प्रोत पुनले नेपाल र नेपाली प्रती गरेको उक्त कार्यले हामी सबैको सान र मानउच्च रहेको कुरा यहाँहरु समक्ष बिधितै छ । त्यसैले जुन २८ सोमबारका दिन 9000 burke lake rd burke va 22015 मा साझ ६:०० बजे देखी ८:०० बजे सम्म छलफल हुने उक्त कार्यक्रममा सम्पूर्ण भर्जिनिया बासी महानुभावहरूलाई यसै सूचना मार्फत निमन्त्रणा गरिएको कुरा एन आर एन ए भर्जीनिया च्याप्टरका कोषाधक्ष जगत सुबेदीले जानकारी गराउनु भयो ।

साथै कार्यक्रम का समन्धमा यहाँहरूलाई कुनै जिज्ञासा सरोकार र कौतुहलता भएमा सुबोध रेग्मी ७०३ ६४६ १५६६,
राजन घिमिरे ५७१ ४९२ ११०६ ,रोशन कैनी ५७१ २४४ २०९६ र जगत सुबेदी ७०३ ४०१ ३३२९ साथै भर्जीनिया च्याप्टर का सम्पूर्ण सदस्य हरूसँग सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया