बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:५१
वासिङटन डिसी 09:06

मिसिगनको राजमार्गमा गोली चलाउदा २ बर्षका बालकको मृत्यु भए पछि दुई संदिग्ध अपराधी पक्राउ

इनेप्लिज २०७८ असार ९ गते ११:२१ मा प्रकाशित

अमेरिकाको मिसिगन राज्यको डेट्रोयटको राजमार्गमा गोली चल्दा २ बर्षिय बालकको मृत्यु भए पछि फरार रहेका दुई संदिग्धहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएका छन ।

उक्त गोली काण्डमा २ बर्षिय ब्रिसोन क्रिस्चियनको निधन भएको थियो । उक्त घटना डेट्रोयटको अन्तरराज्य राजमार्गमा भएको थियो । प्रहरीले प्रक्राउ गरिएको जानकारी गत मंगलबार दिएको संचार एबिसीन्यूजले लेखेको छ ।

यस सिलसिलामा दुई जना युवालाई प्रथम श्रेणीको हत्यामा अभियोग लगाईएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा १९ बर्षिय डेरीएस एभोनटे लेनियर तथा २१ बर्षिय युगिन हब्बार्डलाई समातिएको वाइनी काउन्टी अभियोजक कार्यालयले जनाएको छ ।

मारिने बालक डेट्रोयट प्रहरी अधिकारीका भतिजा थिए । ब्रिसोन र उनका परिवार डेट्रोयटको अन्तरराज्य ७५ राजमार्गमा जादै गर्दा ९:३० मिनेटमा गोली चलेको थियो । मिसिगन राज्य प्रहरीका अनुसार उक्त घटना ९:४५ बजे राती भएको थियो ।

ब्रिसोनका पिता ब्रायन क्रिस्चियनका अनुसार एक व्यक्तिले सवारी साधनमा बन्दुक बोकी रहेको देखेको एक स्थानीय संचार माध्यमलाई बताएका थिए । ब्रिसोनका मातापिताले आफ्नो सवारी साधन रोके पछि उनीहरुका दुवै बच्चाहरुलाई गोली हानिएको प्रहरीले बताएका थिए । ब्रिसोनको टाउकोबाट रगत आई रहेको उनका पिताले संचार माध्यम डब्लुएक्सवाईजीलाई जानकारी दिएका थिए ।

प्रहरीका अनुसार उनलाई अस्पताल लागिएको थियो भने उनको अस्पतालमै मृत्यु भएको थियो । त्यसै गरि उनका ९ बर्षिय दाजुलाई पनि गोली लागेको र गम्भीर अवस्थामा रहेता पनि उपचार पछि उनलाई घर जान दिइएको समाचार एबिसी न्यूजले समाचार प्रकाशित गरेको छ ।

उनका पिता क्रिश्चियनले डब्लूएक्सवाईजीलाई “मेरो छोरा मेरो पाखुरामा वास्तवमै मरि रहेको थियो र म बुबा हुँ र मैले उनको रक्षा गर्न सकिन ।”भनेका थिए ।

 

प्रतिक्रिया