शुक्रबार, भदौ ३ २०७९
काठमाडौं ११:३१
वासिङटन डिसी 01:46

सान फ्रान्सिस्कोमा सुरक्षाकर्मीकै अगाडी ओखति पसलमा जबरजस्ती एक थैली समान चोर्ने चोर पक्राउ ,१६ वटा आरोप

इनेप्लिज २०७८ असार ९ गते १०:५३ मा प्रकाशित

सान फ्रान्सिस्कोमा सुरक्षाकर्मीकै अगाडी ओखती पसलमा जबरजस्ती एक थैली समान चोर्ने चोरलाई पक्राउ गरिएको छ । उनले वालग्रिन नामक ओखति पसलमा दुई चक्रयान*साइकल)मा आएर सबैको अगाडी पसलका टासीमा रहेका समान भटाभट हाल्दै हिडेका थिए ।

उनलाई पसलका सुरक्षाकर्मीले रोक्ने पनि प्रयास गरेका थिए तर उनि दुई चक्रयानमा फरार भएका थिए । उनलाई गत शनिवार पक्राउ गरिएको सान फ्रान्सिस्को प्रहरीले जनाएका छन् । उनले यस्तै अपराध पनि पहिले गरेको बताएका छन् ।

४० बर्षिय जिन लुगो रोमेरियो नामक व्यक्तिलाई पक्राउ गरिएको छ भने उनि गत शनिबार ८:३० बजे बिहान उक्त पसलमा पुगेका थिए । उनले दुई चार वटा समान मात्र नलिई उनले कालो प्रकारको प्लास्टिकको ठूलो झोलामा एकै पटक समान हालेका थिए । उक्त समानको कूल मुल्य ९ सय ७८ डलर मूल्य बराबरको रहेको थियो ।

उनलाई सान फ्रान्सिस्को काउन्टीको कारागारमा आरक्षित गरिएको सिएनएनले जनाएको छ । उनलाई चोरी गर्ने उद्देश्यसहितको व्यवसायमा प्रवेश गरी ९५० डलर अन्तर्गत घाटा ,दोश्रो दर्जाको चोरी,बिशाल चोरी तथा अल्प चोरी लगायतका आरोप लगाईएका छन् ।

क्यालिफोर्नियामा ओखती पसलमाहरुमा यस्ता लुटपाट र चोरी निकै वृद्धि भएका छन् । उनले गत मे २९,मे ३० र जुन १ मा चोरी गरेकोले त्यही वाल्ग्रिन नामक ओखति पसलमा लुटेका थिए ।

उनलाई २५०० डलरको जमानत सहित १६ वटा आरोप लगाईएको छ भने उनि अझ हिरासतमा छन् ।

प्रतिक्रिया