पहिरोले पुरिएर रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु

इनेप्लिज २०७८ असार ९ गते १०:०८ मा प्रकाशित

काठमाडौं । पहिरोले पुरिएर रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गए राति रोल्पा नगरपालिका(९ ह्वामाको ढाम्पामा पहिरोले एक घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको हो ।

अविरल वर्षासँगै घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय टिकासिंह बुढामगरका ८६ वर्षीय आमा कति बुढामगर, १८ वर्षीया बुहारी सुशिला बुढामगर र १५ वर्षीया छोरी श्यामकला बुढामगरको मृत्यु भएको प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जनाएका छन्।

पहिरोले पुरिएको घरभित्र फसेका तीनैजनाको उद्दार गरिएको छ। जिल्ला प्रहरी प्रमुख सुवेदीकाअनुसार ६ जना सुतेकामध्ये घरधनी टिकासिंहसहित बालक शक्तिमानलाई हेलिकप्टरबाट उपचारका लागि बुटवल लैजाने तयारी गरिएको छ।

प्रतिक्रिया