बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:४४
वासिङटन डिसी 07:59

न्यान्सी पेलोसीले जनवरी ६ को आक्रमणको पुन : छानबिन गर्न नयाँ समिति गठन गर्ने

इनेप्लिज २०७८ असार ९ गते ०:४१ मा प्रकाशित

अमेरिकी सभामुख न्यान्सी पेलोसीले जनवरी ६ को आक्रमणको छानबिन गर्न नयाँ समिति गठन गर्ने बताएकी छिन । उनले उक्त कुरा डेमोक्रयाटिकका मित्रहरुलाई जुन २२ का दिन भनेकी हुन् भनि एपीको समाचार डब्लुटिओपिले प्रकाशित गरेको छ ।

पेलोसीले उक्त घोषणा निजी नेतृत्वको बैठकमा घोषणा गरेकी हुन् भने तर उनले थप विवरण भने दिइएको छैन । एपीका अनुसार नाम नखुल्ने तथा श्रोत नखुल्ने गरि निजी छलफलमा उक्त कुरा भनेको समाचार डब्लुटिओपीले प्रकाशित गरेको छ ।

सिनेट रिपब्लिकनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूद्वारा गरिएको आक्रमणको छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्ने बिषयमा रोके पछि नयाँ समिति आउने भएको छ ।

पेलोसीले यस महिनाको सुरुमा भनेकी थिइन् तल्लो सदनले छानबिन अघि बढाउने छ जसमा हिंस्रक भीड भवन भित्र पसे र जो बाइडेनको निर्वाचकीय मत ( इलेक्टोरल कलेज ) जीतको प्रमाणपत्रलाई रोक्न खोज्ने र सांसदहरूको खोजी गरेको भनेकी थिइन् ।

नयाँ छनौट समितिले बहुमत डेमोक्र्याटलाई अनुसन्धानको जिम्मा दिइनेछ। सदनका तीन दर्जन भन्दा बढी रिपब्लिकन र सात सिनेटका रिपब्लिकनले भने कि उनीहरु पक्षपातीय छानबिनबाट बच्न चाहन्छन र उनीहरूले आयोग गठन गर्नका लागि यस विधानलाई समर्थन गरेका थिए ।

सेप्टेम्बर ११ मा आतंकवादी हमलाको छानबिन गर्ने त्यस्तै समिति गठन भएको थियो । सिनेटमा दुई दलको ५० -५० स्थान भएकोले यो पारित गर्न पुन ६० मत चाहिन्छ ।

पेलोसीले गत जुन १५ मा “हामी अब प्रतिक्षा गर्न सक्दैनौ ।” हामी अगाडि बढ्ने छौं। ” भनेकी थिइन् ।

प्रतिक्रिया