बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:२३
वासिङटन डिसी 07:38

अमेरिकी सिनेटमा डेमोक्र्याट्सको मतदान तथा निर्वाचन बिधेयक विफल ,बाइडेनलाई ठूलो झडका

इनेप्लिज २०७८ असार ९ गते ०:०१ मा प्रकाशित

अमेरिकी सिनेटमा डेमोक्र्याट्सको मतदान तथा निर्वाचन बिधेयक विफल भएको छ । उनीहरुले अगाडी सारेको उक्त बिधेयकलाई रिपब्लिकनले सुरु देखि नै बिरोध गरि रहेका थिए भने आज भएको मतदानमा ६० मत नपुग्दा असफल भएको छ ।

मतदान हुँदा ५० मात्र मत पुगे पछि विफल भएको छ ।

मतदान पारित भएको भए उक्त बिधेयक छलफलको लागि अगाडी बढ्ने थियो तर ६० मत ल्याउन नसक्दा सपना अधुरो रहेको छ । यो पराजय संगै राष्ट्रपति बाइडेनले ठूलो झड्का लागेको छ ।

सिनेटमा रहेका डेमोक्र्याट्स सिनेटरले पराजित भोग्नु पारेको छ । डेमोक्र्याट्सको तल्लो सदनमा बहुमत र माथिल्लो सदनमा ५० -५० रहेकोले निर्णायक मत गर्न उप राष्ट्रपति कमला ह्यारिसको भूमिका निर्वाह गर्दै आएकी छिन । तर यस महत्वपूर्ण मतदानमा ६० मत चाहिने भएकोले त्यो पुग्न नसक्दा विफल भएको हो ।

पश्चिम भर्जिनियाका सिनेटर जो जोन्चिनको समर्थन पाए पछि डेमोक्र्याटहरु मतको पक्षमा एकजुट भएका थिए तर रिपब्लिकन सिनेटरहरु यसको बिरूद्ध एकजुट हुँदा यो कदम अघि बढ्न असफल हुन् पुगेको छ ।

रिपब्लिकनका सिनेटर र तल्लो सदनका सासंदहरु बाइडेनले ल्याएका बिधेयकलाई असफल बनाउन दलको नीति (पार्टी लाइन)को निर्देशनमा काम गर्ने भएकोले जसरी पनि विफल बनाउन लागेको अवस्थामा डेमोक्र्याटिक दललाई धक्का लागेको छ ।

उपराष्ट्रपति कमला ह्यारिसले पत्रकारहरुलाई रिपब्लिकनले सर्वसम्मतिले डेमोक्र्याटको व्यापक निर्वाचन र मतदान सुधार विधेयक रोक्ने बित्तिकै “लडाई सकिएको छैन” भनिन ।

ह्यारिसले भनिन उनी र राष्ट्रपति बाइडेनले मतदान सुधारको लागि जोड दिइरहेका बताइन । जसमा जोन लुइस मतदान अधिकार बिधान पनि यस वर्ष पछि सिनेटमा पुग्ने सम्भावना रहेको बताइन ।

प्रतिक्रिया