अन्तरराष्ट्रीय योग दिवसको उपलक्षमा क्यानेडियन नेवा गुठी द्वारा योग प्रशिक्षण संचालन

इनेप्लिज २०७८ असार ९ गते ०:०६ मा प्रकाशित

ब्राम्प्टन,क्यानेडियन नेवा गुठी द्वारा नियमित रुपमा संचालन गर्दै आएको योग प्रशिक्षण कार्यक्रम अन्तरराष्ट्रीय योग दिवसको सन्दर्भ पारेर कोभिड पश्चात पहिलो पटक स्थानिय एल्डोराडो पार्कको खुल्ला चौरमा संचालन गरिएको छ। “योग गरौं स्वस्थ्य रहौँ” भन्ने उद्देश्यका साथ कोभिड-१९ शुरु हुनु गाडी देखि सार्बजनिक रुपमा हप्तामा एकपटक संचालन गर्दै आएको उक्त प्रशिक्षण कार्यक्रम कोभिडको कारणले गर्दा भर्च्युयल रुपमा मात्रै सिमित रहेकोमा हाल ओन्टारियोको प्रान्तिय सरकारको नियम अनुसार १० जनाको समुह बिच सो प्रशिक्षण संचालन गरिएको हो।

सो कार्यक्रम संचालनको लागि डा.अमर सैन्जुले समन्वय गर्दै आउनु भएको छ भने प्रमुख प्रशिक्षक रंजना सैन्जु र सहयोगि प्रशिक्षक अर्चना बाटाजुले प्रशिक्षण सेवा प्रदान गर्दै आउनु भएको छ।सो प्रशिक्षण कार्यक्रममा गुठीका तथा स्थानिय नेपाली समुदायका सदस्यहरुको सहभागिता रहिआएको छ।

अन्तरराष्ट्रीय रुपमै स्वस्थ्य जीबनको लागि योगको महत्व अपरिहार्य महशुस भैरहेको अबस्थामा समुदायका सदस्यहरु बिच योग सेवाको सजिलो पहुँच बनाउने उद्देश्यले सो प्रशिक्षण लाई अझ बढि ब्यापक र स्त्रर उन्नतिको लागि गुठीले निकट भबिश्यमा थप कार्यक्रम ल्याउने कुरा गुठीका अध्यक्ष्य प्रकाश प्रधानले एक प्रसंगमा बताउनु भयो ।

प्रतिक्रिया