तमु धी भर्जिनियाले बाढी पहिरोको सहयोगार्थ ५१ सदस्यीय राहत संकलन कार्यदल गठन
तमु धी भर्जिनियाले बाढी पहिरोको सहयोगको लागि ५१ सदस्यीय राहत संकलन कार्यदल गठन गरेको छ ।
संस्थाका सचिव थमन गुरुले गत जुन २१ का दिन एक विज्ञप्ति जारी गरि गत असार १ गते मंगलवार (तनानुसार जून १५) का अविरल वर्षाको कारण डुवानमा परेका विभिन्न जिल्लाहरुको सहयोगार्थ उक्त कार्यदल गठन गरिएको जनाएका छन् ।
साथै अविरल वर्षाका कारण बाढी पहिरो एवम डुबानमा परी मनाङ, कास्की, लमजुङ, सिन्धुपाल्चोक,चितवन,नवलपरासी लगायतका विभिन्न जिल्लाहरुमा हुन गएको धनजनको क्षति प्रति पनि गहिरो दुःख व्यक्त गरेको छ ।
यस घटनामा ज्यान गुमाएका मृतकहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना समेत गरेको उक्त विज्ञप्तिमा जनाईएको छ
। गैर मुनाफा सामाजिक सँस्थाले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
यस विपतको घडीमा यथाशीघ्र उद्धार गर्न र पीडितहरूको उचित व्यवस्थापन गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार एवं सम्बन्धित सबै निकायलाई जोडदार माग गरेको छ ।
साथै बिपतको घडीमा थोरै भए पनि मातृभूमिमा बसोबास गर्ने पीडित समुदाय र क्षेत्रमा राहत पुर्याउन सहयोग पुग्न सकोस भन्ने हेतुले तमुधी भर्जिनियाका सचिव थमन गुरुङको संयोजकत्वमा ५१ सदस्यीय एक राहत संकलन कार्यदल गठन गरिएको जानकारी समेत गरेको छ ।
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया