बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:०८
वासिङटन डिसी 07:23

अमेरिकामा एकै दिनमा ११ हजार २ सय संक्रमित ,३११ जनाको कोरोनाबाट मृत्यु

इनेप्लिज २०७८ असार ८ गते १०:५३ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ११ हजार २ सय ४३ जना संक्रमित भएका छन् । त्यस्तै कोरोना भाइरसबाट ३ सय ११ जनाको मृत्यु भएको छ । गत सोमबार जुन २२ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

कोरोनाबाट संक्रमण हुनेको औसत दरमा विगत दुई हप्तामा २९ प्रतिशतले कमी आएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख १ हजार ७ सय ३० जनाको निधन भएको छ भने दुई हप्तामा २२ प्रतिशतले मृत्यु दर घटेको छ ।

हाल अमेरिकामा १७ हजार ५ जना ५ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको संख्या २२ प्रतिशतले घटेको छ । गत जुन २१ का दिन अमेरिकामा ७ लाख ८ हजार ६ सय २७ जनाले कोरोनाको जाँच गराएका छन् । अहिले बिहान मंगलबार सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३५ लाख २४ हजार ८ सय ३८ रहेको छ ।

अमेरिकामा हाल सम्म ३१ करोड ८५ लाख ७६ लाख ४ सय ४१ जनाले कम्तिमा एक खुराक खोप लगाएका छन् ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४५.२ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५३.४ प्रतिशत पुगेको छ । अमेरिकामा वयस्कहरूले कम्तीमा पनि एक खुराक खोप ६५ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५६ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८७.३ प्रतिशत र पूर्ण खोप ७७.२ प्रतिशत दिइएको सिडिसीले जनाएको छ । अमेरिकामा हाल सम्म २ करोड ८७ लाख ६७ हजार ५ सय ७ जनाले कोरोना जितेका छन् ।

अमेरिकाको जनसंख्या भन्दा ज्यादा खोपको आपूर्ति भएको छ भने गत जुन २१ सम्म ३७ करोड ९० लाख ३ हजार ४ सय १० खोप आपूर्ति गरि सकिएको छ ।

प्रतिक्रिया