राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका ५५ जनाले पाए महासमिति सदस्य

इनेप्लिज २०७८ असार ८ गते १०:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा समूहले कांग्रेसको १४ औं महाधिवेशनका लागि ५५ जना महासमिति सदस्य पाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले सहमहामन्त्री सुनिलबहादुर थापासहित राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका केन्द्र र जिल्ला तहका नेतालाई महासमिति सदस्यमा समायोजन गरेको हो ।

रामकृष्ण भट्टराई,विष्णुविक्रम थापा,बाबुराम बस्नेत,किरण गिरीसहितका विभिन्न तहका नेतालाई महासमिति सदस्यमा समायोजन गरिएको छ ।

यसमा अधिकांश मोरङका छन् भने धनकुटा,सिन्धुपाल्चोक,भोजपुर,बारा,काठमाडौं,ललितपुर,झापा,कपिलवस्तु,रामेछापलगायतका जिल्लाका नेता पनि परेका छन ।

प्रतिक्रिया