बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:१४
वासिङटन डिसी 08:29

मिसिगनको डेट्रोयटको राजमार्गमा गोली चल्दा २ बर्षिय बालकको मृत्यु

इनेप्लिज २०७८ असार ८ गते १:३२ मा प्रकाशित

अमेरिकाको मिसिगन राज्यको डेट्रोयटको राजमार्गमा गोली चल्दा २ बर्षिय बालकको मृत्यु भएको छ । २ बर्षिय ब्रिसोन क्रिस्चियनको निधन भए पछि कैयौ व्यक्तिहरुलाई गिरफ्तार गरिएको अन्तरराज्य प्रहरी अधिकारीहरुले जनाएका छन् ।

मारिने बालक डेट्रोयट प्रहरी अधिकारीका भतिजा थिए । ब्रिसोन र उनका परिवार डेट्रोयटको अन्तर राज्य ७५ राजमार्गमा जादै गर्दा ९:३० मिनेटमा गोली चलेको थियो । मिसिगन राज्य प्रहरीका अनुसार उक्त घटना ९:४५ बजे राती भएको थियो ।

ब्रिसोनका पिता ब्रायन क्रिस्चियनका अनुसार एक व्यक्तिले सवारी साधनमा बन्दुक बोकी रहेको देखेको एक स्थानीय संचार माध्यमलाई बताएका थिए । ब्रिसोनका मातापिताले आफ्नो सवारी साधन रोके पछि उनीहरुका दुवै बच्चाहरुलाई गोली हानिएको प्रहरीले बताए । ब्रिसोनको टाउकोबाट रगत आई रहेको उनका पिताले संचार माध्यम डब्लुएक्सवाईजीलाई जानकारी दिएका थिए ।

प्रहरीका अनुसार उनलाई अस्पताल लागिएको थियो भने उनको अस्पतालमै मृत्यु भएको थियो । त्यसै गरि उनका ९ बर्षिय दाजुलाई पनि गोली लागेको र गम्भीर अवस्थामा रहेता पनि उपचार पछि उनलाई घर जान दिइएको समाचार एबिसी न्यूजले समाचार प्रकाशित गरेको छ ।

उनका पिता क्रिश्चियनले डब्लूएक्सवाईजीलाई भने, “मेरो छोरा मेरो पाखुरामा वास्तवमै मरि रहेको थियो र म बुबा हुँ र मैले उनको रक्षा गर्न सकिन ।”

प्रतिक्रिया