बिसौँ शताब्दीको अन्त्य एवम् एक्काइसौं शताब्दीको प्रारम्भ संगै आधुनिक प्रविधिमा पनि धेरै विकाश भएको छ । यो प्रविधिको विकास सँग सँगै सामाजिक सञ्जालको क्षेत्रमा समेत व्यापक परिवर्तन आएको छ।
प्रविधिविकासको विशिष्ट उत्पादनको रूपमा छाएको सामाजिक सञ्जालले मानिसको जीवनशैलीलाई नै फेरिदिएको छ । प्रविधिमा सहज पहुँच हुनु र इन्टरनेट विस्तारले सामाजिक सञ्जालको प्रयोग र लोकप्रियता अत्यध बढेको छ ।
सामाजिक सञ्जालको माध्यमबाट सामाजिक सम्बन्धको स्थापना एवं विस्तार हुन्छ । आफ्ना विचार, रूचि र अभिव्यक्तिहरू बृहत् समूहका समक्ष पुर्याउन सकिन्छ। सामाजिक सचेतना र जागरूकता पैदा गर्नको लागि एउटा उपयोगि र राम्रो माध्यम पनि बनेको छ ।
अहिले सामाजिक सञ्जाल आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक क्षेत्रलाई समेत प्रभावित गर्ने हदसम्मको शक्तिशाली संचार माध्यमको रुपमा स्थापित हुन सफल भएको छ ।
सामाजिक संजालको उपयोग कुनै पनि सामाजिक सचेतना र जागरूकता पैदा गर्नको लागि एउटा राम्रो माध्यम हो ।
सामाजिक सञ्जाललाई सूचना प्रविधिको पछिल्लो उपलब्धि मान्न सकिन्छ र यो हाम्रो दैनिक जीवनको अपरिहार्य हिस्सा बन्न सफल भएको छ ।
सन् २०२० को तत्थ्याङक अनुसार हाल विश्व भर ३.६ अर्ब मानिसले सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् । सन् २०२५ सम्ममा यो संख्या बढेर ४.४१ अर्ब पुग्ने अनुमान गरिएको केही प्रतिवेदनहरुमा जनाइएको छ। हरेक प्रयोग कर्ताले औसतमा दुई घण्टा यस्ता सामाजिक सञ्जालहरुमा सेयर, लाइक, ट्वीट वा अपलोड गरेर समय बिताइरहेका हुन्छन् ।
नेपाल जस्तो थोरै जनसंख्या भएको र कम विकसित देशमै पनि सामाजिक सञ्जालका प्रयोगकर्ताको संख्या एक करोड भन्दा बढी छ । यो क्रम निरन्तर बढ्दो छ । नेपालीहरुमा फेसबुक, इन्स्टाग्राम, लिङ्कडिन, ह्वाट्सएप, स्न्याप च्याट, यूट्युव, टिक टक जस्ता सामाजिक सञ्जाल बढी लोकप्रिय छन् ।
हाल आएर नेपालीहरूले सामाजिक सञ्जाल प्रयोग गर्ने मात्र नभई यस प्रविधिको विकाश गरी सञ्चालनमा समेत ल्याउन समेत सफल भएका छन्।
संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आउनुभएका नेपाली नागरिक गोविन्द गिरीको परिकल्पनामा उहाँको समूहले सगुन इंक नामक सोसियल ईकमर्श साइटको विकास गरेका छन् । जसमा सोसियल मिडिया र इकमर्श दुवैको सुविधा एउटै प्लाट फर्ममा उपलब्ध रहेकोछ।
फेसबुक, ट्विटर, इन्स्टग्राम लगायतका अधिकांश सोसियल मेसेजिङ साइटहरुमा पाइने सबै किसिमका विशेषताहरूका साथ सगुन एपमा बिविध र रोचक विशेषताहरु छन् ।
यस एप्लिकेसनमा आफ्नो गोप्य कुरा, फोटोहरू परिवारका सदस्य, साथी र आफ्नो समुदायका व्यक्तिहरूलाई पोस्ट गर्न सकिन्छ । यसैगरी आफ्नो समूह ब्यवस्थित गरेर टेक्स्ट, फोटो र स्टिकरहरू आदान प्रदान गर्न सकिने त्यस्तै आफ्नो दैनिकीलाई सेड्युलमा राखेर आफ्ना इस्ट मित्रलाई सेयर गर्न सकिने लगायत सबै आवश्यकता पूरा गर्न सक्ने विशेषताहरु बोकेको सामाजिक सन्जाल र ईकमर्स ल्याएर सगुनले बिस्तारै बिश्व बजारमा आफ्नो उपस्थिति देखाउँदै आएको छ । सन २०१७ मा मिनी आइ पी ओ खुल्ला गर्दा विश्वभर करिब ६ लाख प्रयोगकर्ता रहेको सगुन हाल आएर प्रयोग कर्ताको संख्या १ करोड ७० लाख भन्दा बढि पुग्न सफल भएको छ र यो प्रकृया दिन प्रतिदिन बढ्दो छ।
सगूनका संस्थापक गोविन्द गिरीका अनुसार सामाजिक सञ्जालको दुनियाँमा नेपालीहरु द्वारा नयाँ आर्थिक र सामाजिक पहिचान स्थापित गर्न सगुनको स्थापना गरिएको हो।
सगुन अन्य सामाजिक सञ्जाल भन्दा पृथक फिचरहरु सहित अगाडि बढिरहेको छ ।
कनेक्ट, सेयर, अर्न मुख्य उद्देश्य रहेको सगुनले लगानीकर्तालाई मात्र नभई प्रयोगकर्ताहरुलाई समेत विताएको समयका अधारमा आम्दानी गर्ने अवसर प्रदान गर्ने गरेको छ ।
अमेरिकामा दक्षिण एशियालीहरुको पहिलो स्टार्टअप कम्पनी बन्न सफल सगुनले संसारभर छरिएर रहेका नेपाली तथा दक्षिण एशियाली समुदायलाई लक्षित गरी प्रथम लगानीको अवसर प्रदान गरेको छ । नेपालीहरुले स्थापना गरेको स्टार्ट अप कम्पनीमा सर्वप्रथम नेपालीहरुले नै लगानी गर्न पाउनुपनि निकै नेपालीहरूका लागि गर्वको कुरा हो ।
तर यहाँ बुझ्न पर्ने कुरा के हो भने कुनै पनि स्टार्टअप कम्पनीमा लगानी गर्दा आफ्नो लगानीको मुनाफा तत्कालै नहुने र लगानी आफैंमा जोखिम हुन्छ । यदि यस्ता कम्पनी सफल भए मुनाफामा पनि अत्यधिक हुनसक्छ।
सगुन पनि एक स्टार्ट अप कम्पनी भएकोले यसबारे अध्ययन गरेर विश्वास लागे र जोखिम मोल्न तयार छु भन्ने लागे मात्र लगानी गर्न उचित हुनेछ । सगुनको अहिलेसम्मको गतिविधि, प्रगति र प्रयोगकर्ताहरुको निरन्तर बृद्धिलाई हेर्ने हो भने यसमा लगानी गर्न जोखिम भन्दा बाहिर भएको आभास हुन्छ । अझ हाल आएर अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत जापान मिडिलइस्ट कोरिया लगायत संसारभर छरिएर रहनुभएका नेपाली मुलका सफल व्यवसायी, विद्वान वर्ग, सेयरबजारका अनुभवी व्यक्तित्वहरूको संलग्नताले सगुनको सफलता सुनिस्चित देखिन्छ र यो लगानीको अवसर सायद तपाई हाम्रो लागि फलदायी पनि हुन सक्छ।
कुनै पनि innovative काम अरु कसैले गर्न सक्छ भने हामी नेपालीहरुले किन गर्न सक्दैनौ? भन्ने सोच लिएर अमेरिकी सरकारको सम्मानित जागिर छोडेर गोविन्द गिरीले सगुनलाप जन्माउनु भएको हो । सगुनलाई हुर्काउनेकार्यमा निरन्तर होमिएको छ संस्थापक गोविन्द गिरी र वहाँको टिम । गोर्खालीहरु बीर मात्र नभई innovative कार्यमा पनि अगाडि छन भन्नेकुरा विश्वलाई चिनाउने उहाँको अभियानलाई सफल पार्न हामी एकजुट भई लागौँ। एउटा नेपालीको सोचलाई सार्थक रुप दिन सगुनलाई ग्लोबल कम्पनी बनाउने अभियानको जिम्मा अब तपाई हामीले पनि लिनुपर्दछ। सगुनको शक्ति भनेकै यसका लगानीकर्ता र प्रयोग कर्ताहरू हुन। तसर्थ विश्वभर रहेका सम्पूर्ण नेपालीहरूले सगुन एप डाउलोड गरी धेरै भन्दा धेरै प्रयोग गरेर सगुनको उद्देश्यलाई पुरा गरौँ।
अब सगुन एप तपाई हाम्रो साझा एप हो। आफ्ना साथीभाइ इस्ट मित्रलाई सगुन एप डाउलोड गरी चलाउन अनुरोध गर्नका साथै अन्य समुदायमा पनि प्रचार गरौँ ।
सगुनको सफलता भोलिको दिनमा प्राय निश्चित देखिन्छ। अवश्य सगुनको सफलताले नेपाललाई प्राविधिकहरूको देश भनेर गर्व गर्ने अवसर प्रदान गर्नेछ । साथै नेपाल र नेपालीहरुको आर्थिक स्थितिमा सुधार ल्याउनेछ भन्ने कुरामा आशावादि छौँ ।
सगुनले आफ्नो उत्पादनहरूलाई नियमित रुपमा बजारमा ल्याइरहेको छ, जसमध्ये ट्रेन्डिङ भिडियो, मुड टक, प्राइभेट स्टोरी, हेडलाइन न्यूज आदि र पाइपलाइनमा भएका उत्पादनहरू पनि चाडै रिलिज हुने क्रममा भएको जानकारीमा आएको छ। यिनै सगुनका नयाँ र उत्कृष्ट फिचरहरुले प्रयोगकर्ताहरुको मन अवश्य जित्नेछ ।
२०२१ को अन्त्यतिर सगुन ग्लोबल मार्केटिङ र रेभेन्यू जेनेरेटको चरनमा जाने र निकट भविष्य मै IPO मा समेत जाने योजना भएको थाहा हुन आएको छ । त्यो समय अवश्य सगुन र समस्त नेपालीहरुको लागि ऐतिहासिक क्षण हुनेछ।
अझ सगुनले डिजिटल सिक्काको अवधारणा ल्याइ त्यस सिक्कालाई दक्षिण एशियाली मुलुकहरुको साझा सिक्का बनाउन सके सगुन अर्को उचाईमा पुग्ने कुरामा दुईमत नहोला।
आफु सँगै लगानीकर्ता र प्रयोगकर्ताहरुलाई समेत सम्बृद्ध बनाउने
उदेश्य राखेर अगाडि बढेको सगुनको सफलताको शुभकामना !!!
-ध्रुब राई क्यालगरी क्यानडा
प्रतिक्रिया