मेरिल्याण्डमा महामारी पछि पहिलो पटक ४८ घण्टामा कोरोनाबाट शून्य मृत्यु
गभर्नर ल्यारी होगनको अथक प्रयासबाट सम्भव
अमेरिकाको मेरिल्याण्ड राज्यमा कोरोना भाइरस महामारीको सुरु भए पछि पहिलो पटक ४८ घण्टाको अवधिमा कोभिड-१९ बाट शून्य मृत्यु भएको मेरिल्याण्ड संघीय सरकारले जानकारी गराएको छ ।
अर्थात् कोभिड-१९ बाट संक्रमित भएका कुनै पनि नयाँ संक्रमितहरुको निधन नभएको जनाईएको छ । दुई दिनमा कोरोनाबाट कसैको पनि निधन भएको छैन यो नै राज्य संक्रमणमुक्त गर्न कति गम्भीर रहेको भन्ने प्रस्ट भएको छ ।
यो सबैको श्रेय मेरिल्याण्ड राज्यका गभर्नर ल्यारी होगनलाई जान्छ । उनले आफ्ना जनताको लागि कुनै पनि सम्झौता नगरी आखिर ४८ घण्टा सम्म कुनै पनि दुखद घटना सुन्नु परेन । यही हो नेतृत्वले गरेको कामको मुल्यांकन ।
साथै कोरोना संक्रमणको दरमा पनि घट्दो अवस्था छ । राज्यका अनुसार लगातार दुई दिन दैनिक ५० जना भन्दा पनि कम नया कोरोना संक्रमितहरु रहेको जनाएको छ ।
गत आइतबार ४२ जना र सोमबार ४० वटा मात्र नयाँ संक्रमितहरु भएको मेरिल्याण्ड राज्यले जानकारी गरेको छ । यो गत वर्ष २०२० को मार्च देखि अहिले सम्म कै न्यून संक्रमित संख्या हो ।
अहिले सम्म लगातार ७ दिन सम्म संक्रमितको सबै भन्दा न्यून ०.६६ प्रतिशत रहेको छ भने गत अप्रिल महिनाको मध्य देखि ८९ प्रतिशत तल झरेको समाचार एनबिसी वाशिंगटनले लेखेको छ ।
मेरिल्याण्डमा जनसंख्याको आधा भन्दा ज्यादाले पूर्ण खोप लगाई सकेका छन् । गभर्नर ल्यारी होगनले सामाजिक संजाल मार्फत महत्वपूर्ण उपलब्धि भनि प्रकाशन गरेका छन् ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया