बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:२७
वासिङटन डिसी 08:42

मेरिल्याण्डमा जन्म दिनमा सकेर आफ्नो गाडी तर्फ बढ्दै गर्दा अज्ञात व्यक्तिको गोली प्रहारबाट युवाको मृत्यु

इनेप्लिज २०७८ असार ७ गते १८:३७ मा प्रकाशित

मेरिल्याण्डमा जन्म दिनमा सकेर भोजमा सफा सुग्घर समेत गरि आफ्नो गाडी तर्फ बढ्दै गर्दा अज्ञात व्यक्तिको गोली प्रहारबाट युवाको मृत्यु भएको छ । उक्त घटना मेरिल्याण्डको चार्ल्स काउन्टीको अग्नि केन्द्रमा भएको प्रहरीले जानकारी दिएका छन् ।

गत आइतबार राती जुन २० का दिन करिव १०:४५ मिनेटमा उनलाई गोली हानिएको थियो । २५ बर्षिय लियोन नाथानियल इनाविनेटलाई गोली प्रहार क्यापिटल हाइट स्थित जन्म दिन भोज कक्षमा सहभागी भएका थिए ।

.उनले उक्त जन्म दिनमा भोज पछि सफा गर्न मद्धत सम्म गरेका थिए । उनलाई चार्ल्सको क्षेत्रीय चिकित्सा केन्द्रमा एक गोली मात्र लागेको अवस्थामा लागिएको थियो । उनलाई अस्पताल मै मृत्यु भएको घोषणा गरिएको थियो भनि डब्लुटिओपि ले समाचार लेखेको छ ।

जासुसहरुले उनलाई हत्या गर्नको मुख्य उद्देश्य बारेमा पत्ता लगाउन खोजी रहेका छन् । सूचना दिनेलाई कूल ५ हजार डलर दिइने भएको सूचना दिईएको छ ।

प्रतिक्रिया