बाँची रहनु पर्छ, हेर ! धेरै कुराहरुलाई देख्न पाँउछन । एउटा उखान छ अरुको आङ्गमा जुम्राहरुलाई हिँडेको देख्नेहरुले आफनो आङमा भैंसिको त के कुरा गरौ हात्तीहरु हिँडेको पनि नदेख्नेहरुको जमातहरुलाई छैन भनेर नकार्न सकिदैन । त्यसैले भनेका होलान, आफनो नानीले के जाती गरे पनि बास्न आउने, अरुको नानीले मुस्कुराएर हेरे पनि रिसाउने । त्यसैले संसार मातलवि छन भनेका रहेछन । संसार त्यस्तो रहेछन, अरुको औंलाहरुको कापमा कति मयल रहेछ, कति पिपहरु जमेका छन भनेर हेर्नेहरु र भन्नेहरु ।
आफनो जातको मानिसले चाहे मानिसलाई मारुन, बैंकनै फोरुन, या मद्दामा फसेका हुन, न पत्रकारहरुले देख्छन, नसमाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुले देख्छन । गत अक्टोबरमा एउटा समाचार आयो । एउटा नेपाली जनजातीका छोराले डिप्रेसनको औषधी खाएको समयमा, आफनो घर छेउको बैंकमा गएर “आई निड मनि भने छन,” उनलाई तुरुन्त प्रहरीले समातियो र यो समाचार विश्वभरि फैलियो । त्यस्तै बीस बर्ष पहिले, एउटा नेपालको सहसचिबको छोराले, बैंक लुटियो लस भेगासमा, न देशका सरकारदेखि सबै ढाकछोप तिर लागे । ति व्यक्ति थिए लम्जुङ्ग जिल्लाका ।
होइन पत्रकारहरुको धर्मभनेको निष्पक्ष समाचारलाई जनताहरुको माझ ल्याउनु पर्ने होइन र ? यो विश्वको रंगमन्चमा यस्तै खाले पत्रकारहरुका जमातले भरेका छन । चोरलाई चोर होइन भनेर समाचार छाप्नेपत्रिकाहरु अमेरिका धेरै छन । यो पंक्तिकारको निवेदन छ पत्रकारिता भनेको समाजका आँखा र कान हुन, जे देख्यो सत्य तथ्यलाई खोतलेर आम पाठकहरूलाई पस्कि दिनु पत्रकारको धर्म हो ।
विद्यमान समाजमा नश्लबादको सेरोफेरोमा हुर्केका हामीहरुले कहिले निष्पक्षरुपमा छाति फुकाएर सत्य समाचारको पस्कने ? नेपालको ईतिहासमा, थापा खलक, पाँडे खलकहरुको स्वर्ण अक्षरले नाम लेखाइएका छन । तर तर गगनसिंह खवासको बारेमा खोतालेर कसैले केही भन्न सकेको छैन । हालै आएर, नेपालको सबैले पढने र प्रतिष्ठित व्यक्तिहरुले संचालन गरेका हिमाल खबर पत्रिकामा वितेका कुुरुलाई ल्याएर, पारिवारिक द्वन्दको सतहलाई उतारेर अनर्गल टिका टिप्णीहरुलाई ल्याएर दिवंगत भै सकेका श्रष्टारुको बारेमा अनेकौ झुट्ट औपन्यासिकतालाई मोडेर कथामा परिणत गरिएको पाईन्छ।
सारा नेपालीहरुलाई अवगत भएकै छ, स्वर्गीय गोपाल योन्जन नेपाली सांगीतिक क्षेत्रमा कहिले ननिभ्ने ध्रुवा तारा हुन भनेर, त्यस्तै अमर गुरुङ, तर उहाँहरुको मृत्यू उपरान्त पनि नेपालीहरुले राजनीति खेल्न छाडेनन किन ? के आफूहरु कुन राणाहरुको चकारी गरेर शिक्षित बनेका कुरालाई चटक्क बिर्सि दिने?
हालै आएर, रिन्छिन दोर्जे तिमालको राजा थिएन, खाली तालुकदार मात्रै हुन भनेर छापे । त्यसो भए, पृथ्वीनारायण शाहले नुवाकोट जित्नु भन्दा पहिले कुन जातको राजा थियो त्यहाँ ?
अनि किर्तिपुरमा नाक कान काट्न तामाङ्गहरुलाई प्रयोग गरे पृथ्वीनारायण शाहले भनेर हिमाल खबरले लेखेको छ । ति व्यक्तिहरुको नाम ठेगाना किन स्पष्टसंग लेख्न सक्नु भएन, सम्पदाताहरुले ? अझै नश्लबाद सिद्धान्तहरुमा अड्केका हाम्रो समाजले कहिले देख्ने चस्मा लगाएर विद्यमान नेपाली जनजातीहरु प्रति गरिएका अथवा गराइएका असमानतालाई हठाउने कोसिस होइन झन यसलाई मलजल गराइ रहेको छन भन्छन ।
विश्वका पर्वक्षकहरु, नुवाकोट लाच्याङ गाँउमा, रणबहादुर शाहका पालामा, एक हजार जना तामाङ्गहरुलाई एकैदिनमा नरसंंहर गरेको घटनालाई किन हिमाल खबर पत्रिकाले लेख्न सकेन ? बैशाख महिनामा देवीका जात्रामा खट बोक्न आदेश भएको थियो रे “हामीहरु बुद्धिष्ट हौ कसैको यो आदेश नमान्ने” भन्दा एक जहार जना निर्दोष तामाङ्गहरुले ज्यान गुमाउन पर्यो । त्यस समय गोले राजा थिए रे ? त्यहि समय देखि तामाङ्गहरुलाई मरेका सिनु खाना लगाए नखाए मार्ने आदेश भयो र खाए, हिन्दु धर्म मान्न लगाए। तामाहरुको घना बस्तिमा देवीदेवताहरुको गुठि बनाए, पछि जग्गजमिन भोग चलन गर्न पाईने तर तिरो बालि बुझाउन पर्ने गराए, यो पंक्तिकारको होइन ईतिहास विद महेष राज पाण्डेले लेखेका “लाचाङ नरसंहर” लेखिएको दस्ताबेज हुन ।
तामाङ्गहरुलाई नेपाली सैनिकमा भर्ना रोके, पिपा मात्रै बन्ने अवसर दिए, राज्यबाटै तामाङ्ग चेलिहरुलाई दरवारमा नानीहरुको दर्जा दिएर यौन शोषण गराए । त्यसले पनि नपुगेर भारतमा नरकीय जीवन बिताउन विवस बनाए । किन हालसम्म राज्यले माफि माग्न सकिएन, झन दृस्य तवरले जनजातीहरु प्रति दमनकारी तरवार चलाई रहेका भान भै रहेको छ पंक्तिकारलाई ।
यस्तो अवस्थामा हाम्रा बाउबाजेहरु कोही भारत पसे, कोही बर्मा तिर लागे, तर उनिहरुले, पढन लेख्न पाए, संगीत सिके कोहि डाक्टर बने कोही ईन्जिनियर, कोहि पाइलट तर अझै कट्टरपन्तीहरुले एक आपसमा जाल रचेर फुटाउने कोशिस भै रहेका छ ।
यस्ता गतिविधिलाई निमुर्ल पार्ने जिम्म सरकारले लिनु, हो नेपाली हाम्रो भाषा हो तर लोगसेवा आयोगको पाठ्य पुस्तका तामाङ्ग भाषामा अथवा नेपाल भाषामा लेखि दियो भने कति जनाले जाँचमा उर्तिन गर्लान ? यस्को उत्तर घरैपिच्छे सरकारी सेवामा बसेर अरुलाई सानो आँखाले देख्नेहरुले गंभिर भएर सोच्ने् बेला नआउलन भनेर भन्न सकिदैन ।
अमेरिकाले हालै एक सयबर्ष अघि अकाल्होमा राज्यका तुल्सामा गरेका नरसंहरलाई गोहिका आँसु देखाएर केहि मलम पट्टि गरेका छन । त्यस्तै एक दासत्वलाई निर्मूल पारेको दिनलाई सम्मान सहित एउटा संघीय सार्वजनिक विदा थपिएको छ ।
डिग बहादुर तामाङ्ग, मेरिल्याण्ड अमेरिका ।
प्रतिक्रिया