बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:१६
वासिङटन डिसी 07:31

भर्जिनियाको विमानस्थलमा गोली भरेको बन्दुक सहित एक महिला पक्राउ

इनेप्लिज २०७८ असार ७ गते १२:३७ मा प्रकाशित

भर्जिनियाको रिचमण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा गोली भरेको बन्दुक सहित आएकी एक महिलालाई पक्राउ गरिएको छ । यातायात सुरक्षा प्रशासनका अनुसार उक्त महिलालाई उडान गर्न रोकिएको जनाएको छ । उनले हाते बन्दुक ल्याएकोले उनलाई रोकिएको हो ।

। यातायात सुरक्षा प्रशासन (टीएसए)ले आइतबार एक छापा विज्ञप्ति जारी गर्दै उक्त घटना शुक्रवार भएको जनाएको छ । उक्त महिला चेस्टरफील्ड काउन्टीको मिडलोथियन निवासी महिला भएको समेत उल्लेख गरेको छ ।

यातायात सुरक्षा प्रशासनका अनुसार उनले उक्त भरुवा बन्दुक आफ्नो लाने सामानमा राखेकी थिइन् । कर्मचारीले उक्त बन्दुक जाँच गर्ने क्रममा एक्सरे(क्षरश्मि) द्वारा पत्ता लगाएका थिए ।

प्रहरीले हाते बन्दुक जफत गर्नुको साथै उनलाई अदालतमा बोलाएको छ ।

सँस्थाले उनको पहिचानलाई सार्वजनिक गरेको छैन । उनले “कडा संघीय वित्तीय नागरिक दण्ड” को सामना गर्नु पर्नेछ जुन हजारौं डलरमा खर्च हुन सक्छ भनि यातायात सुरक्षा प्रशासनकले उल्लेख गरेको छ ।

अमेरिकामा गत बर्ष मात्र ३ हजार २ सय यात्रुले यस्ता हात हतियार ल्याएको जनाएको एपी न्युजको समाचार डब्लुटिओपीले प्रकाशित गरेको छ ।

प्रतिक्रिया