बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:३०
वासिङटन डिसी 08:45

अमेरिकामा ३१ करोड ७९ लाखले कम्तीमा एक खोप लगाए ,२ करोड ८७ लाख ११ हजारले कोरोना जिते

इनेप्लिज २०७८ असार ७ गते ११:१६ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ११ हजार १ सय ३८ जना संक्रमित भएका छन् । त्यस्तै कोरोना भाइरसबाट ३ सय जनाको मृत्यु भएको छ । गत आइतबार जुन २० का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।कोरोनाबाट संक्रमण हुनेको औसत दरमा विगत दुई हप्तामा १८ प्रतिशतले कमी आएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख १ हजार ४ सय ४२ जनाको निधन भएको छ भने दुई हप्तामा २१ प्रतिशतले मृत्यु दर घटेको छ ।

हाल अमेरिकामा १८ हजार २४ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको संख्या २१ प्रतिशतले घटेको छ । गत जुन २० का दिन अमेरिकामा ७ लाख २० हजार ५ सय ५७ जनाले कोरोनाको जाँच गराएका छन् ।अहिले बिहान सोमबार सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३५ लाख ९ हजार १ रहेको छ । अमेरिकामा हाल सम्म ३१ करोड ७९ लाख ६६ लाख ४ सय ८ जनाले कम्तिमा एक खुराक खोप लगाएका छन् ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४५.१ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५३.३ प्रतिशत पुगेको छ । अमेरिकामा वयस्कहरूले कम्तीमा पनि एक खुराक खोप ६५ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५५ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८७.३ प्रतिशत र पूर्ण खोप ७७.२ प्रतिशत दिइएको सिडिसीले जनाएको छ । अमेरिकामा हाल सम्म २ करोड ८७ लाख ११ हजार ३ सय १५ जनाले कोरोना जितेका छन् ।

अमेरिकाको जनसंख्या भन्दा ज्यादा खोपको आपूर्ति भएको छ भने गत जुन २० सम्म ३७ करोड ९० लाख ३ हजार ४ सय १० खोप आपूर्ति गरि सकिएको छ ।

प्रतिक्रिया