हामी माटो मुछेर खेलौना बनाएर खेल्थ्यौं

इनेप्लिज २०७८ असार ७ गते ०:०९ मा प्रकाशित

मोर्गन स्टेट विश्वविद्यालयका प्रेसिडेन्ट डा. डेविड विल्सन नेपाली समुदाय बीच एक परिचित नाम हो। उहॉंले आफ्नो विश्वविद्यालयमा आउने विद्यार्थीहरूलाई गरेको माया, भिजिट नेपाल अभियानको समर्थन, खासगरी उहॉंले बानाद्वारा आयोजित स्ट्रीट फ़ेस्टिवलमा नेपाली समुदायलाई गरेको सम्बोधन नेपालीहरूले सम्झना गर्दछन् ।

हालसालै एक पोडकास्टमा प्रकाशित हुदाको अन्तरवार्ता अत्यन्तै लोकप्रिय बन्न गएको छ, खासगरी एक गरीब परीवारमा हुर्केको मान्छे कसरी एक प्रतिष्ठित विश्वविद्यालयको प्रेसिडेन्ट बन्न पुगे भन्ने उहॉंको जीवनी निकै प्रेरक रहेको छ।

हाल मोर्गन स्टेट विश्वविद्याललाई इनोभेसन (नवपरिवर्तन) मा अग्रपङ्क्तिमा उभ्याउने प्रण गरेका विल्सनले विश्वविद्यालयको सफल नेतृत्व गर्न एवं रचनात्मकता, शोध, र आविष्कार लाई प्रोत्साहन गर्न आफ्नो शैसवकालका कृयाकलापहरुले कसरी जग बसालेका थिएं भन्ने कुराको अनौठो स्मृति चर्चा गरेका छन।

यो बहुचर्चित अन्तर्वार्ता हेर्न यहॉं क्लिक गर्नुहोला :

https://medium.com/todays-students-tomorrow-s-talent/take-what-you-have-build-what-you-need-innovation-in-higher-ed-2b22b8b77bcc

प्रतिक्रिया