टेक्ससका कमल शर्मा पित्तनलीको अवुर्द रोगसँग संघर्ष गर्दै, उपचारको लागि गो फन्ड संचालनमा

इनेप्लिज २०७८ असार ६ गते २१:४६ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यमा परिवार साथ बस्दै कर सम्बन्धी आफ्नै काम गर्दै आएका अत्यन्त सक्रिय सामाजिक कार्यकर्ता कमल शर्मा पित्तनलीको क्यान्सर (अवुर्द) रोग सँग संघर्ष गरि रहेका छन् । गत मे महिना देखि नै अवुर्द रोग(क्यान्सर)लागेको पहिचान भए पछि र गो फन्ड बाहिर आए पछि सबैलाई पत्याउनै गाह्रो भयो । विश्वास गर्ने सकिएन । त्यस्तो क्रियाशील व्यक्ति माथि बज्रपात परेको छ । जीवनमा अप्रत्याशित तुषारापात लागेको छ ।

दशकौ देखि टेक्ससको अर्विङ्ग बस्दै आएका उनि जीवनको सबैभन्दा कठिन समयमा उभिएका छन् । उनलाई लागेको उक्त रोग दुर्लभ हो । यस्तो प्रकारको रोग प्राय ६० बर्ष माथिका व्यक्तिहरुलाई लाग्ने गर्छ । तर उनको उमेर केवल ४० बर्षको छ ।

उनलाई उपचारका लागि ह्युस्टनको एमडी एन्डरसन अस्पतालमा पठाईयो । तर अस्पतालले यस प्रकारको उपचारको लागि बीमा योजना स्वीकार गरेन । हाल उनि उपचारको लागि एरिजोनामा अस्पतालमा भर्ना भएका छन् ।

कर सम्बन्धी धेरै अनुभव बटुलेका उपचार गरि रहेका कमल शर्मा परिवारको लागि एक मात्र आम्दानीका श्रोत व्यक्ति हुन् । दुर्भाग्यवस ,उपचार प्रक्रिया धेरै लामो समय सम्म जानेछ । हाल उनि थलिए पछि परिवारमा ठूलो आर्थिक सङ्कट उत्पन्न भएको छ ।

यो कठिन अवस्थामा गुज्रदै गरेका शर्मा र उनका परिवारलाई खर्चले थेग्न नसक्ने हुनेछ । उनि टेक्ससमा आफ्नी पत्नी सरिता शर्मा आचार्य ,दुई छोराहरु र एक छोरीका साथ बसोबास गर्छन् ।

उनलाई आर्थिक रुपमा अप्ठ्यारो परे पछि रूपेश न्यौपानेले सरिता शर्मा आचार्यको तर्फबाट गो फन्ड मी नामक खाता खोलेका हुन् । उक्त खाता गत जुन ७ का दिन निर्माण गरिएको हो भने उक्त खाता चिकित्सा ,अस्वस्थता र उपचारको खर्चको लागि खोलिएको जनाइएको छ ।

गो फन्डको लागि २ लाख डलरको लक्ष्य राखिएको छ भने जुन २० का दिन सम्म ४० हजार डलर संकलन भै सकेको छ । अकल्पनीय घटनाको कारण आर्थिक बोझ बढ्नु स्वाभाविक हो ।

उक्त खोलिएको गो फन्डमा उनि र उनका परिवारलाई सहयोग गर्न आह्वान गरिएको छ र अनुरोध गरिएको छ । साथै अन्य दुख सुखमा गैर आवासीय नेपाली संघ अमेरिका देखि स्थानीय क्षेत्र लगायत धेरै संघ/संस्थालाई ज्यादै सहयोग गर्ने शर्मा आज यो अवस्थामा पुगेका छन् ।

जति सक्दो यस समाचारलाई सबै आफ्ना साथीभाई, इष्ट मित्र तथा अन्य सबैमा पुर्याईदिन समेत अनुरोध गरिएको छ । शर्मा ईनेप्लिजका सच्चा मित्र र सदैव ईनेप्लिजको भलो चाहने शर्मा जीको ईनेप्लिज परिवार शीघ्र लाभको कामना गर्दछ ।

सहयोग गर्न चाहना राख्नेले यहाँ थिच्नु होला ;

https://gofund.me/bc6b7b79

प्रतिक्रिया