बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:५२
वासिङटन डिसी 08:07

एनआरएन द सिङ्गरको तयारी पूरा हुँदै

इनेप्लिज २०७८ असार ६ गते १८:३४ मा प्रकाशित


यही शनिवार बसेको एनआरएन द सिङ्गरको तयारी तथा प्रचार प्रसार समितिको बैठकले तयारी लगभग पूरा भएको निर्णय गरेको छ। सम्योजक गोविन्द प्र गौतमको अध्यक्षतामा बसेको उक्त बैठकमा तयारी समितिको पूर्ण छलफल पछि तयारी सकिएको कुरा सदस्य सचिव खड्ग न्यौपाने जानकारी गराएका थिए। जुनको २१ तारिखमा सुरु हुने भनिएको अडिसन र एनआरएन द सिङ्गरको याप सात दिन पछि अर्थात जुन २७ तारिखमा सुरु गरिने छ। सोही दिन तयारी समितिहरूको पूर्ण बैठक बस्ने समेत जानकारी गराईएको थियो।

सोही बैठकबाट निर्णायकहरूको पूर्ण टोलीको जानकारी र समितिका तर्फबाठ आब्हान समेत पारित गरिएको थियो। ऊक्त निर्णायक टोलीको लोगो सहितको नाम र आब्हान पनि यसै समाचारमा उल्लेख निम्नअनुसार गरिएको छः

निर्णायक मण्डलमा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा,एनआरएनएका पूर्व अध्यक्ष तथा नियात्राकार जीवा लामिछाने,गायक शम्भु राई,र गायिका शर्मिला बर्देवा रहेकाछन्।

समितिले सर्वसाधारण सबैको लागि आब्हान यस प्रकारले गरेको छ।

हार्दिक अनुरोध! आदरणिय गैर आवासिय नेपाली एवं नेपाली भाषी संपूर्ण आमा बुबा दाजु बहिनी दिदी भाइ एवं अग्रज मित्रहरू,विशेषगरी संगितीक छेत्रमा रूचि राख्नु हुने गाउनु हुने संपूर्ण मित्रहरू/ गायक गायीकाज्यूहरू गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समितीको संस्कृति संपदा उप समितिले यसको सुरूका दिन देखि नै विविध र विशेष वैठक वसी ॲाफ्ना अवधिमा गर्न सकिने कामको सुचिकृत गरेर त्यसलाइ सफल पार्न घनिभूत रूपमा लाग्दै आएको छ। संसार भर छरिएका नेपाली र नेपाली भाषिहरूलाइ भाषा साहित्य संस्कृति र संपदाको संरक्षण र संवर्धनको माध्यमबाट एकजुट वनाउने र ॲाफ्नो मातृ भाषा साहित्य कला र संस्कृतिको संरक्षण एवं संवर्धन गर्ने काममा दिलो ज्यान दिएर लागेको छ भन्नुमा अन्यथा नहोला। संसार भर रहेका हाम्रा संपदाहरूको खोजी र पहिचानगरी एक संग्रह प्रकाशन गर्ने कामको करिव अन्त्य तिर आइ पुगेको छ र त्यसैगरी संसार भर रहेका नेपाली भाषिका स्वरहरू एउटै थलोमा उभ्याउन “ एन आर एन द सिंगर” कार्यक्रम आयोजना गर्न गइरहेको छ। प्रतियोगितामा नेपाल र सार्क मुलुक बाहेक सबै राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपालीभाषीले भाग लिन पाउनेछन्। यसको लिंक याप वन्दै रहेको र वनिसके पछि यथा सिघ्र यहॅाहरू समक्ष पुर्याइने छ। यस कार्यक्रमको सूचना प्रवाह विविध माध्यमबाट आव्हान, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद संस्कृति तथा सम्पदा उपसमितिको मुख्य पहलमा आयोजना हुन गइरहेको “द एनआरएन सिङ्गर” भन्ने कार्यक्रम एक बिशेष आधुनिक प्रविधि बाट संसार भरिका प्रतिभाहरूलाई समेटेर गैर आवासीय नेपाली संघको आफ्नो छविलाई अझै उच्च बनाउने खालको हुने कुरा यस आयोजन समितिको पारित गरे अनुसार पुनः यहाँहरु बिच प्रतिबद्धता गर्दै आन्तरिक तयारी करिब करिब पुरा हुन लागिरहेको कुरा समेत अवगत गराउन चाहन्छौँ। यो कार्यक्रम गैर आवासीय नेपाली संघको इतिहासमा पहिलो र ऐतिहाँसिक हुनेछ भन्ने हामीले आशा राखेका छौं। यो कार्यक्रम हामी सबैको आफ्नै कार्यक्रम भएकोले यसलाई सफल,उदाहरणीय र उत्कृष्ट बनाउन गैर आवासीय नेपाली संघका अग्रजहरू र सबै श्रद्धेय महानुभावहरू लाई हार्दिक अपिल गर्दै यही आगामी २७जुन देखि अडिसन सुरु हुने सुखद जानकारी समेत गराउन चाहन्छौं।

साथै फेरी पनि दोहोर्याउन चाहान्छौँ- कार्यक्रमको याप जुन २७ देखि सुरू हुनेछ। विशेष कारण वस केही दिन सरेको छ। त्यही यापमा आफ्नो भीडियो सहितको गीत अपलोड गर्न सकिने छ। यसको संपूर्ण जानाकारीका लागि “एनआरएन द सिंगर” पेजमा हेर्नु हुन समेत अनुरोध छ। धन्यबाद!

-ईश्वरी भट्ट,अमेरीका

प्रतिक्रिया