बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:१९
वासिङटन डिसी 08:34

थ्यांक्यू अमेरीका कार्यक्रम सम्पन्न!

इनेप्लिज २०७८ असार ६ गते १८:०८ मा प्रकाशित

अमेरीकाको न्यूह्यामसायरबाट सन् २०१९ को जुन १४ अर्थात फल्यागडेको दिन सुरू भएको थ्यांक्यू अमेरीका संस्थाले यसको तेस्रो बार्षिक उत्सव यही जुन १३,२०२१ मा जुमको माध्यमबाट एक समारोह बिच भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रम संयोजक एवं संस्थापक कृष्ण कुमार गिरीले मिठास शैलीमा संचालन गर्दै संस्थाको स्थापना र यसको उध्देश्यबारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा अनेसासका महासचिव तथा एनआरएनए अमेरिकाका केन्द्रीय उपाध्यक्ष साहित्यकार सर्वज्ञ वाग्लेले स्वागत मन्तव्य राख्दै विश्व भाइचारा बढाउन यस कार्यक्रमले मद्दत पुक्याउने बताउनु हुदै परम्परागत नेपालीत्वको मीठो अभिव्यक्ति दिंदै यो अभियानलाई सबैसॅग मिल्न सक्ने नेपालीले संसारमा आंफू जुन देशमा रहनु हुन्छ त्यो देशलाई धन्यवाद दिने प्रथा त्यहिंवाट शुरू गरौ भन्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आफ्नो शुभकामना व्यक्त गर्दै अनेसासका सल्लाहकार राम खत्री,एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह,विध्वत्व व्यक्तित्व ई.रोहिणी शर्मा, मल्टीकल्चरल फेस्टिबलका डाईरेक्टर जेसिका लिभिंस्टन,एनआरएनए आमेरिकाको नव निर्वाचित महिला संयोजक सुन्दरि गुरूगं,सिनेटर जिनसहिनका प्रतिनिधि आर्या थापा लगायतका वक्ताहरूबाट कार्यक्रको प्रसंसा गर्नुका साथै यस संस्थाको प्रगतिको कामना गर्नु भएको थियो । सो अवसरमा युएस सिनेटर जीन सहिनको शुभकामना मन्तव्य सहिनका प्रतिनिधि आर्या थापाले पढेर सुनाउनु भएको थियो भने सिनेट मेजोरिटी लिडर,न्यू ह्याम्सार स्टेट श्री ड्यान फेल्टसले पठाउनु भएको भिडिओ शुभकामना संदेश प्रसारण गरिएको थियो । नेपाली राष्ट्रिय गानको धुन र अमेरीकन राष्ट्रियगान गायनबाट सुरु गरीएको यस कार्यक्रममा तारा देवी न्यौपानेले गणेश स्तोत्र बाचन गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो। कार्यक्रममा उपस्थित सवै महानुभाबहरूबाट अमेरीकालाई धन्यबाद व्यक्त गर्नु भएको थियो भने यसमा योगदान पुर्याउने व्यक्ति र संस्थालाई संस्थाले सम्मान पत्र प्रदान गरेको वताउदै संस्थापक सल्लाहकार निगम रिमालले सम्मान पाउनेहरूको नामावली पढेर सुनाउनु भएको थियो । जस्मा सेनेटर जीन सहिन न्यू हेमसार,सेनेटर कोरि बोकर न्यू जर्सी,सेनेटर कृष मर्फी कनेटिकट,जेसिका लिबिन्स्टन न्यू ह्याम्सार,आर्य थापा र सबक न्यौपाने न्यू ह्याम्सारलाई उहॅाहरूले समाजमा पुर्याउनु भएको अभूतपूर्व योगदानको उच्च सम्मान गर्दै सम्मान स्वरूप कदर पत्र प्रदान गरीएको थियो । कोरोनाको महामारीमा संजिवनी औषधी निकाल्ने फाइजर इंक न्यूओर्क र मडोना इंक बस्टन लगायत अमेरिकन लिजन , सेक्रामेन्टो फायर डिपार्टमेण्ट फूडबैंक डोबर,कंकड हाईस्कूल,कंकड हस्पिटल,ईलियट हस्पिटल न्यू ह्याम्सार,काईजर प्रमानेन्टे हस्पिटल क्यालिफोर्निया लगायतका सामाजिक शिक्षा र स्वास्थ्यसॅग संवन्धित संघ संस्थाहरूको अभूतपूर्व सेवाको उच्च प्रसंसा गर्दै थ्यैंक्यू अमेरिका सम्मानपत्र जारि गरियो । कार्यक्रमलाई रोचक र संगीत मय बनाउन प्रख्यात संगितकार श्याम नेपालीले नेपाली राष्ट्रियगानको धुन सारंगीको धूनमा र हजुरी शाह कंडेलले नेपाली संगीतका केही गीतहरू गाएर मन्त्र मुग्ध वनाउनु भएको थियो ।

कार्यक्रमको हालसम्मका गतिविधी र आर्थिक कारोवारको जानाकारी संस्थाका सचिव एवं अर्थ प्रमुख कुमार भट्टराइले संक्षिप्त विवरण पेश गर्नु भएको थियो । त्यसैगरी सल्लाहकार मोहन गिरीले सवैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो भने एनआरएनए आईसिसि संस्कृति संपदा उप- समितिका सदस्य इश्वरी भट्टले कविता वाचन गर्नु भएको थियो । उक्त कार्यक्रममा अनेसास बरिष्ठ उपाध्यक्ष गोबर्धन पूजा,न्यूह्याम्सार नेपाली समाजका सोम गुरूगं,एभ्रेष्ट लाईन्स क्लवका अध्यक्ष उमेश कोईराला,बरिष्ठ पत्रकार रबि अधिकारि र चन्द्र कडरिया लगायत थ्यांक्यू अमेरिकाको सम्पूर्ण पदाधिकारिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममको अन्तमा कार्यक्रम समापन मन्तव्य राख्दै संयोजक गिरीले विगतका कार्यक्रमहरूका तस्वीर प्रदर्शन गर्दै हामीले हाम्रो कर्मथलो प्रति अनुग्रहित हुनुपर्छ र त्यहिनै नेपाली संस्कृतिको पहिचान रहेको छ । त्यसैले जन्मभूमि र कर्म भूमि प्रति उत्तरदाइ हुदै थ्यांक्यू अमेरीका कार्यक्रमको सोच वनाइएको भन्दै उक्त अवसरमा जुम तथा लाइभमा रहनु भएका सवैलाई धन्यबाद व्यक्त गर्दै सभाको समापन गर्नु भएको थियो । धन्यबाद !

-समाचार संपादन इश्वरी भट्ट- न्यूह्यामसायर !

 

प्रतिक्रिया