बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:१७
वासिङटन डिसी 08:32

अलाबामाको सडक दुर्घटना हुँदा ९ जना बच्चा र १ जना वयस्कको निधन

इनेप्लिज २०७८ असार ६ गते १७:४२ मा प्रकाशित

अलाबामाको एक अन्तरराज्यमा भएको सडक दुर्घटनामा परि ९ जना बच्चा र १ जना वयस्कको निधन भएको ज्यादै दुखद समाचार छ । उक्त घटना गत शनिबार बटलर काउन्टीको ६५ राजमार्गमा भएको बटलर काउन्टी मृत्यु समीक्षक वाइनी गार्लकले बताएको समाचार सिएनएनले प्रकाशित गरेको छ

मृत्यु हुनेहरुमा ४ बर्ष देखि १७ बर्षका सम्म रहेका छन् । गार्लकका अनुसार उक्त दुर्घटना हुने सवारी साधन टालापुसा काउन्टी क्षेत्रका परेका छन् ।

उक्त क्षेत्रमा भीषण वर्षा ,हुरी र आँधी आएको कारण १५ वटा सवारी साधन दुर्घटनामा परेका थिए । जुन २० का दिन आइतबार गार्लकले २९ बर्षिय पिता देखि ९ महिनाको छोरी अन्य सवारी साधनमा रहेका थिए भने उनीहरू पनि दुर्घटनाको कारण ज्यान गएको बताए ।

गार्लोकले भने, सानो बालिकाहरुको सवारी साधनको चालकलाई जलिरहेको गाडीबाट तानियो तर उद्धारकर्मीहरूले समयमै ती युवतीहरू उद्धार गर्न सकेनन ।

अर्को गाडीमा रहेका पितालाई घटनास्थलमा मृत घोषित गरिएको थियो गार्लोकले भने। युवतीहरुलाई क्षेत्रीय चिकित्सा केन्द्र लगियो, जहाँ उनीहरुलाई पछि मृत घोषित गरियो।

एक विज्ञप्ति मार्फत अलाबामा प्रहरी युथ र्यान्चका प्रमुख माइकल स्मिथले दुर्घटनालाई “भयानक त्रासदी र नोक्सान” भनेका छन् ।

प्रतिक्रिया