टेक्ससको एचडिएनपी अन्तरराष्ट्रियले कोष वृद्धि समारोहको आयोजना गर्ने
डिसी महानगर क्षेत्र । एचडिएनपी अन्तरराष्ट्रियले टेक्सासमा कोष वृद्धि समारोहको आयोजना गर्ने भएको छ ।
बिगत बर्षमा गरे झैँ यस पटक पनि फन्डराइजर गाला २०२१ नाम दिई समारोह गर्ने भएको एचडिएनपी अन्तरराष्ट्रियका संस्थापक देवी डेविड आचार्यले इनेप्लिजलाई बताए ।
उक्त समारोहमा २०२१ गाला टिम अर्थात् समारोह समूह २०२१ पनि बनाईएको छ । उक्त कार्यक्रममा बिशेष व्यक्तित्वहरुको सत्र ,रात्रिभोज र नगद मधुशालाको व्यवस्था ,नृत्य र सङ्गीत, लिलाम तथा आजीवनकाल (लाइफटाइम) प्राप्ती पुरस्कार समेत वितरण हुने छन् । समारोह साढे तीन महिना पछि अर्थात् अक्टोबर ९ का दिन टेक्सासको समय ६ बजे सुरु हुनेछ । समारोह रोलिङ्ग हिल्स कन्ट्री क्लब ,आर्लिंगटनमा हुने भएको छ ।
हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल इन्टरनेसनल (नाजुक तथा असहायको लागि सहयोग अन्तर्राष्ट्रिय )भन्ने संस्थाले स्थापना काल देखि अमेरिकाको टेक्सासको आर्लिंगटन ड्यालस क्षेत्र वरपर प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने दुखीहरूलाई त्रैमासिक रूपमा खाना खुवाउँदै आई रहेको छ ।
र ,त्रैमासिक रूपमा रक्तदान पनि निरन्तर गरि रहेको छ ।
हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) सन् २०१२ मा अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो ।
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया