बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:१९
वासिङटन डिसी 07:34

टेक्सासको डालस फोर्ट-वर्थकी एक महिलाले गैर कानुनी मतदान गरेको अभियोगमा ५ बर्ष कैद सजाय

इनेप्लिज २०७८ असार ६ गते ११:४७ मा प्रकाशित

टेक्सासको डालस फोर्ट-वर्थकी एक महिलाले गैर कानुनी रुपमा मतदान गरेको अभियोग लागे पछि ५ बर्ष कैद सजाय पाएकी छिन । उनलाई गत २०२० को निर्वाचनमा गैर कानुनी मतदान गर्दा अभियोग लागेको हैन । उनले सन् २०१६ को राष्ट्रपतिको निर्वाचनमा मत खसाल्ने प्रयास गरिन । तर त्यस बेला उनलाई उनि मतदान दिन योग्य छैनन् भन्ने थाहा थिएन ।

तर त्यो गणना नगरिएको मतपत्रले उनलाई ५ बर्षको कैद सजाय निम्त्यायो । ५ वर्ष को फैसला पछि पनि अझै अपील गरिएको छ भनि एबिसी न्यूजले समाचार प्रकाशित गरेको छ ।

एबिसी न्यूजका अनुसार डलास-फोर्थ वर्थ क्षेत्रका तीन छोरीकी ४६ वर्षीया आमा क्रिस्टल मेसनले २०१२ को नोभेम्बरमा उही मतदान स्थल भोट हालेकी थिइन् । उनको नाम मतदाता नामावलीमा नभएको बताइएको थियो। । एक मतदान कार्यकर्ताले उनीसँग अस्थायी मतपत्र भर्न सुझाव दिएका कारण उनले त्यो भरिन ।

तर मेसनले प्राविधिक रूपमा केही गलत गरी रहेकी थिइन् । किनभने कर धोखाधड़ी अभियोगमा झन्डै तीन वर्षको कारागारमा बसे पछि उनि अझै सुपरिवेक्षित रिहाइमा थिइन। टेक्सासको कानून अनुसार पर्यवेक्षकमा रहेका कसैले पनि मतदान गर्न सक्दैन भनि एक बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

किनभने उनले त्यो अस्थायी मतपत्र द्वारा मतदान गरेकी थिइन् । प्रणालीले मेसनको मतलाई समात्यो। टेक्सास व्यवस्थापिकाले प्राथमिकताका साथ मतदाता कानुनलाई अगाडि बढाउने क्रम जारी छ । टेक्सासको सेनेट बिल ७ ले अनुपस्थित मतपत्र मार्फत मतदान गर्न मतदानका लागि घण्टा सीमित गर्नुका साथै केही निर्वाचन अधिकारीहरूका लागि आपराधिक दण्ड बढाउन सक्छ ।

मेसनले भनिन ,उनलाई कानूनको बारेमा कहिले पनि भनिएको थिएन । उनले अझै बाँकी पाँच बर्षको सजायको लागि अपील गरिरहेकी छन्। उनले तुरुन्तै अपील गरिन तर  उनले सुपरिवेक्षण शर्तको उल्लङ्घन गरेको कारण उनलाई थप १० महिना कैद सजाय न्यायाधीशले फैसला सुनाएका छन् ।

मेसनले भनिन , मैले छुट्टिहरु, क्रिसमस,नयाँ साल,मेरो जन्मदिन, मेरी छोरीको जन्मदिनहरु छुटाउने भए ।” “मैले धेरै याद गरें।”

प्रतिक्रिया