बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:३८
वासिङटन डिसी 07:53

एचडिएनपी अन्तरराष्ट्रियको रक्तदान कार्यक्रम सम्पन्न

विजय थापा २०७८ असार ५ गते २१:१९ मा प्रकाशित

एचडीएनपी इन्टरनेसनलको त्रैमासिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ l जुन १९ ,शनिबारका दिन टेक्सस राज्यको आर्लिंगटनमा कार्यक्रमको आयोजना गरिएको संस्थापक देवी डेभिड आचार्यले इनेप्लिजलाई बताए ।

रक्तदान कार्यक्रम एचडीएनपी इन्टरनेसनल,प्रोजपेरिटी बैंक,एवरेस्ट सेन्टेनियल लाइन्स कल्ब तथा डालस फिलिपिनो लाइन्स कल्बले सयुक्त रुपमा मिलेर रक्तदान गरेका हुन् ।

उक्त रक्तदान कार्यक्रममा २१ जनाले रगतदान गरेका छन् l यो रक्तदान सहित ४३ औ पटक हो । रक्तदान हरेक तिन महिनामा गरिन्छ ।

त्यस्तै हरेक ३ महिनामा असहाय ,दुखि ,घरबार बिहिनहरुलाई एचडीएनपी अन्तर्राष्ट्रियले खाना खुवाउने गर्छ । साथै असहाय ,दुखि ,घरबार बिहिनहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काममा पनि मदत गर्ने गरेको छ l

संस्थाले प्रत्येक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दछ l

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो भने टेक्ससको आर्लिंगटनमा सन् २०१२ नेपालीद्वारा स्थापना गरिएको संस्था हो l

प्रतिक्रिया