सोमबार, साउन २३ २०७९
काठमाडौं ०३:४१
वासिङटन डिसी 17:56

बाइडेनको जर्मन शेफर्ड जातको प्यारो कुकुर च्याम्पको निधन

इनेप्लिज २०७८ असार ५ गते २०:४२ मा प्रकाशित

राष्ट्रपति जो बाइडेनको जर्मन शेफर्ड जातको प्यारो कुकुर च्याम्पको निधन भएको उनले घोषणा गरेका छन् । उक्त कुकुर बाइडेनको परिवारसंग २००८ देखि नै रहदै आएको थियो ।

उक्त कुकुरको निधन डेलावेयर स्थित विल्मिंगटनको घरमा चैम्पको निधन भएको ह्वाइट हाउसका एक अधिकारीले सीएनएनलाई बताएका छन् ।

“आज हाम्रो मन भारी छ किनकि हामी सबैलाई थाहा दिन्छौं कि हाम्रो प्यारो जर्मन शेफर्ड च्याम्प नामक कुकुरको शान्तिमय रूपमा घरमा निधन भयो ,” राष्ट्रपति जो बाइ डेन र प्रथम महिला जिल बाइडेनले एक विज्ञप्तिमा भने।

“उनि विगत १३ बर्षको अवधिमा हाम्रो निरन्तर मायालु साथी थिए र सम्पूर्ण बाइडेन परिवारले उनलाई माया गर्थे।”बाइडेनले भने ।

डिसेम्बर २००० को राष्ट्रपतिको संक्रमणकालमा च्याम्पले बाइडेन परिवारमा भाग लिएका थिए अर्थात् बाइडेन उप राष्ट्रपति भएको हप्ता पछि उनि भित्रिएका थिए ।

उमेर वृद्धि संगै हालका महिनाहरूमा च्याम्पको स्वास्थ्य खराव भएको थियो । राष्ट्रपति बाइडेन संग अर्को मेजर नामक कुकुर पनि रहेको छ । उक्त कुकुर नोभेम्बर २०१८ मा उनले डेलावेयर हुम्यान एसोसिएसन(मानवीय संघ) बाट लिएका थिए ।

 

प्रतिक्रिया