एन सी सी युएसए महत्वपूर्ण कागजात (डकुमेन्ट) सम्बन्धमा

इनेप्लिज २०७८ असार ५ गते १६:४३ मा प्रकाशित

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको स्थापनादेखिको महत्वपूर्ण कागजात (डकुमेन्ट) संकलन गरी दस्तावेजको रुपमा संघले सचिवालयमा व्यवस्थित रुपमा राख्न सफल भएको अमेरिकाबासी सम्पूर्ण गैर आवासीय नेपालीमा जानकारी गराउन चाहन्छौं । संघको स्थापनादेखिका विभिन्न समयका महत्वपूर्ण दस्तावेजहरु एकत्रित गरी सचिवालयमा राख्न सकिएकोमा यसका निम्ति सहयोग पुऱ्याउनुहुने सबैमा संघ हार्दिक आभार व्यक्त गर्दछ ।

संघको ऐतिहासिक दस्तावेजको संकलन र त्यसलाई सचिवालयमा दर्ता गरी राख्न सक्नुले केवल संघको ऐतिहासिक पाटोलाई मात्र नभई अमेरिकामा गैर आवासीय नेपालीको अभियान कसरी अगाडि बढेको थियो भन्ने सन्दर्भलाई पनि लिपिवद्ध गरेको छ भन्ने संघको विश्वास रहेको छ।साथै संघ स्थापनादेखि अहिलेसम्म आइपुग्दाको उतारचढाव,संघलाई यहासम्म ल्याइपुऱ्याउन महत्वपूर्ण योगदान दिनुभएका अग्रज अभियन्ताहरुको योगदानलाई समेत सम्मान गरेको छ।यस विषयलाई सुनील साहको नेतृत्वमा रहेको संघको वर्तमानको कार्यसमितिले विशेष महत्व दिदैं आएको थियो।

ऐतिहासिक दस्तावेजको संकलनले संघको आगामी मार्ग कोर्नका लागि पनि पथ प्रर्दशकको भूमिका निभाउनेछ भन्ने हाम्रो विश्वास रहेको छ।आम गैर आवासीय नेपालीले संघको विगतदेखि वर्तमान सम्मको गतिविधिलाई जानकारी लिन पाउनुपर्दछ भन्ने पक्षलाई ध्यान दिई केही दस्तावेजहरु संघको वेवसाईटमा समेत अपलोड गरिएको छ।यस डकुमेन्टेशनको कामलाई सफलिभुत पार्न सहयोग गर्नुहुने संघका पूर्व अध्यक्ष ज्यूहरु, प्रमुख संरक्षक तथा संरक्षक ज्यूहरु,सल्लाहकार ज्यूहरु,पूर्व पदाधिकारी ज्यूहरु,संघका अग्रज अभियन्ता ज्यूहरु,वर्तमान कार्यसमितिका पदाधिकारी तथा बोर्ड सदस्यहरु,आइसिसीमा रहनुभएका एनआरएनएका अभियन्ताहरु, संचारकर्मी मित्रहरु सहयोगी सम्पूर्णमा संघ हार्दिक आभार व्यक्त गर्दछ।र यस कार्यलाई सफल तुल्याउन जिम्मेवारी लिई महत्वपूर्ण भूमिका खेल्नुभएकामा संघका वरिष्ठ उपाध्यक्ष डा.अर्जुन बञ्जाडेलाई पनि संघको वर्तमान कार्यसमिति हार्दिक धन्यवाद व्यक्त गर्दछ।

Document link:
https://www.nrnusa.org/documents/historical-documents/detail

भवदीय,
पशुपती पाण्डे
महासचिव
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, अमेरिका

प्रतिक्रिया