बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:३५
वासिङटन डिसी 08:50

न्यूयोर्कको ब्रंक्समा दिन दहाडै बच्चाहरुसंगै रहेका व्यक्तिलाई गोली प्रहार ,संदिग्धको व्यापक खोजी

इनेप्लिज २०७८ असार ५ गते १२:१५ मा प्रकाशित

न्यूयोर्कको ब्रंक्समा दिन दहाडै बच्चाहरुसंगै रहेका व्यक्तिलाई गोली प्रहार गरिएको छ । न्यू योर्क प्रहरीले संदिग्धहरुको व्यापक खोजी रहेको जनाएका छन् ।

गत बिहिबार जुन १८ का दिन दिउसो २४ बर्षिय ब्यक्तिलाई बच्चाहरु संगै भै रहेको अवस्थामा गोली हानिएको थियो ।

न्यु योर्क प्रहरी विभागका अनुसार एक व्यक्तिले अर्को व्यक्तिलाई चालु अवस्थामा रहेको भटभटे (स्कूटर)मा भाग्नु अघि उक्त व्यक्तिलाई गोली हानेका थिए ।

पीडितलाई उक्त क्षेत्रको अस्पतालमा भर्ना गरिएको छ भने उनको अवस्था हाल स्थिर रहेको न्यूयोर्क प्रहरीले जनाएको छ।

उक्त समयमा १० बर्षिय बालिका र ५ बर्षिय बालकलाई भने गोली हानिएको थिएन ।

उक्त संदिग्धले कालो लुगा लगाएको र कालो रंगको कपडाले अनुहारमा छोपेका थिए । उनले भाग्नु अघि पीडितलाई धेरै गोली प्रहार गरेका थिए । प्रहरीका अनुसार पीडितलाई पछाडि र दुवै खुट्टामा गोली लागेको थियो।

बन्दुकधारी एक अर्को व्यक्तिले चलाएको भटभटे (स्कूटर) मा आएका र तिनीहरू भागेर गए भनि न्यूयोर्क पोस्टले जनाएको छ ।

 

प्रतिक्रिया