शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २३:३५
वासिङटन डिसी 13:50

मनाङमा यार्सागुम्बा सङ्कलनका लागि लेकमा गएकाहरुको हेलिकप्टरद्वारा उद्दार

इनेप्लिज २०७८ असार ५ गते ११:३४ मा प्रकाशित

संघीय संसदका पूर्व सांसद पाल्देन छोपाङ गुरुङ आफै सहभागी भएर यार्सा संकलनमा गएका ७० जनाको उद्दार गरेका हुन् । सबै व्यक्तिहरुलाई हेलिकप्टरद्वारा उद्दार गरि फु गाँउ ल्याइएको थियो ।

लेकबाट उनीहरुलाई अल्टिच्युड एयरको हेलिकप्टरले उद्दार गरि फु गाउँ ल्याएको थियो । बिहीबारबाट मनाङमै रहेको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरिएका ती व्यक्तिहरुलाई सम्बन्धित गाउँमा पुर्याएको छ।

उद्दार गरि ल्याईएका मध्ये ३ जनाको अवस्था गम्भी रहेको बताइएको छ । उनीहरुलाई चामे लगिएको छ । अविरल वर्षापछि पहिरो गएका कारण उनिहरु हराईरहेका थिए।

मनाङको नार्फाभुमि गाउँपालिका वडा नम्बर ५ फु गाउँका स्थानीय वासिन्दा यार्सागुम्बा टिप्न तिब्बतको सिमाना रहेको लेकमा पुगेपछि सम्पर्कविहीन भएको जानकारी आएपछि खोजी कार्य सुरु गरिएको थियो। उनीहरू गत जेठ १५ गते यार्सागुम्बा सङ्कलन गर्न लेकतर्फ हिँडेका थिए। उद्धार कार्यमा प्रयोग भएको निजि क्षेत्रको अल्टिच्युड एयरको खर्च स‌घीय स‌सदका पूर्व सा‌सद पाल्देन छोपाङ गुरुङले व्यत्तिगत रुपमा व्यहोरेका थिए ।

प्रतिक्रिया