बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:१०
वासिङटन डिसी 08:25

कनेक्टिकटमा आमाद्वारा आत्महत्या ,७ बर्षिय छोरीको डुबेर मृत्यु

इनेप्लिज २०७८ असार ५ गते १:५१ मा प्रकाशित

अमेरिकाको कनेक्टिकट राज्यमा एक आमाले आत्महत्या गरेकी छिन भने ७ बर्षिय छोरीको डुबेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।

प्रहरीले एक विशाल घरमा दुवै जनाको लाश फेला पारेका छन् ।

शव परीक्षण अधिकारीका अनुसार हत्या र आत्महत्या भएको पुष्टि गरेका छन् । कनेक्टिकटको वेस्टपोर्ट शहरकी ४६ बर्षिय ट्रेसी डु नामकी महिलाले स्वयम् गोली चलाई आत्महत्या गरेको प्रहरीले जनाएका छन् । उनकी छोरी लयला म्यालोन डुबेकी अवस्थामा पाईएकी थिइन् ।

उनीहरुको निधन बारेमा प्रहरीले अनुसन्धान जारी राखेको छ । अदालतको कागजात अनुसार उक्त मृतक महिलाले आफू र आफ्नो छोरीलाई उक्त घरमा बस्न पाउनु पर्छ भनि छोरीका पिता म्यालोनलाई गत अक्टोबरमा मुद्धा हालेकी थिइन् । उक्त घरको मूल्य १८ लाख डलर रहेको छ भनि न्यूयोर्क पोष्टले उल्लेख गरेको छ ।

प्रतिक्रिया