अमेरिकाको लोकप्रिय स्वास्थ्य बीमा ओबामाकेयर फेरि जीवित ,ट्रम्प र रिपब्लिकनलाई झटका
अमेरिकामा सर्वाधिक लोकप्रिय बीमा ओबामाकेयर फेरि जीवित भएको छ । अर्थात सर्वोच्च अदालतले रिपब्लिकनको “ओबामाकेयर” लाई रद्द गर्ने प्रयासलाई अस्विकार गरि दिएको समाचार एबिसी न्यूजले समाचार लेखेको छ ।
गत बिहिबार जुन १७ का दिन अदालतले उक्त फैसला गरेको हो ।
ओबामाले ल्याएको उक्त स्वास्थ्य बिमालाई एफोर्डएबल केयर एक्ट अर्थात् किफायती स्वास्थ्य बिमा भनिन्छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकनलाई ठूलो झटका लागेको छ । ट्रम्प राष्ट्रपति हुनासाथ किफायती स्वास्थ्य बिमालाई शत्रु झैँ गरि कुनै पनि हालतमा रद्ध गर्न कुनै कसर छोडेनन ।
यसैमा अल्झी रहे र जतिखेर पनि ओबामा केयर दुर्भाग्य भनि कुर्लिन्थे । भएभरका सबै रिपब्लिकनहरुले पूर्व राष्ट्रपति बाराक ओबामाले ल्याएको जनताले सर्वाधिक मन पराएका सर्वसुलभ बिमालाई कहिले सुन्नै चाहेनन । फ्याक्न अनेक उपाए गरे ।
जति खेर पनि बिरोध र हत्याउने काम गर्न कुनै कसर छोडेनन तर अदालतले निष्पक्ष फैसला सुनाए पछि उनीहरुलाई ज्यादै घात भएको छ । रिपब्लिकनहरुले राष्ट्रको स्वास्थ्य सेवा सम्बन्धी समस्यालाई राजनीतिक मुद्दामा बनाए र उक्त कानुनलाई रद्द गर्न हरेक चाल चले । ट्रम्पले सर्वोच्च अदालतमा आफूले नियुक्त गरेका न्यायाधिशहरुले उनको पक्षमा फैसला दिने छन् भनि अपेक्षा गरेका थिए ।
ठिक बिपरित सर्वोच्च अदालतले बिजयी भएका राष्ट्रपति जो बाइडेनलाई समेत निर्वाचकीय मत( इलेक्टोरल कलेज )मा साथ नदिन अदालतको मुख ताके । अदालतले बाइडेनको पक्षमा फैसला सुनायो ।
ट्रम्पको त्यो सबै प्रयास तुषारापात भयो । ट्रम्प एक पटकका लागि मात्र राष्ट्रपति भए ।
गत जुन १७ मा भएको मतदानमा सर्वोच्च अदालतले ओबामाकेयरको पक्षमा ७ र विपक्षमा२ मत परेको थियो । हाल अमेरिका ओबामाकेयर बिमा २ करोडले उपभोग गरि रहेका छन् ।
हाल सर्वोच्च अदालतमा रिपब्लिकनका ६ जना र डेमोक्र्याटिकका ३ जना न्यायाधिशहरु रहेका छन् । जस मध्ये ३ जना ट्रम्पले नियुक्त गरेका न्यायाधिशहरु छन ।
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
अमेरिकाको मिजौरीको एक घरमा इन्धन विष्फोटमा बाबुको ज्यान गए पछि ३ वर्षीया बालिकाको पनि मृत्यु
प्रतिक्रिया