कपिलवस्तुको एक आँखा अस्पतालले स्थानिय तहहरुलाई सवा दुई लाख
बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको छ । कोरोना भाइरस कोभिड १९ को
दोस्रो भेरियन्ट को संक्रमण फैलिन नदिन तथा रोकथाम,नियन्त्रण र
व्यवस्थापनको लागि जिल्लाका १० वटा स्थानीय निकायलाई स्वास्थ्य सामग्री
हस्तान्तरण गरेको छ ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज
अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजको
आयोजना र नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ,नर्बे को आर्थिक
सहयोगमा कपिलबस्तु जिल्लाका स्थानीय निकायहरुमा २ लाख २५ हजार ४ सय ३५
रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
कोरोना भाइरस कोभिड १९० को महामारीको समयमा नेपाल सरकारलाई केही
मात्रामा भए पनि राहत पुर्याउने उद्देश्यले उक्त स्वास्थ्य सामग्री वितरण
गरिएको अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताउनुभयो ।
जिल्लाका प्रत्येक पालिकाहरुलाई ४ हजार थान सर्जिकल मास्क र १० लिटर
सेनीटाइजर,पिपिइ सेट लगाएतका सामाग्री प्रदान गरिएको विश्वकर्माले
बताउनुभयो । स्वास्थ्य सामग्री वितरण गर्ने क्रममा शिवराज
नगरपालिकाद्धारा संचालित आधारभुत स्वास्थ्य सेवा अस्तपाल,शिवराज
५,चन्द्रौटा र शिवराज अस्पताल बहादुगञ्जलाई पनि ६ हजार थान सर्जिकल
मास्क,१५ लिटर सेनीटाइजर र १० थान पी।पी।ई।सेट हस्तान्तरण गरिएको छ ।
कपिलबस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश चन्द्र गुप्ताले कोरोना
भाइरस कोभिड १९ को यो महामारीको समयमा स्वतःस्फूर्त रुपमा कपिलबस्तु
नगरपालिकालाई यस प्रकारको स्वास्थ्य सामग्री प्रदान गर्नु भएकोमा दातृ
निकाय एन।ए।बी।पी।नर्बे र छन्द९ (कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंज
परिवारलाई हार्दिक धन्यबाद दिनु भयो । छन्द (कालेबाबु) नारायणी आँखा
अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माको नेतृत्वमा स्वास्थ्य
सामग्री वितरण गर्न गएको टोलीमा अस्पतालका बाह्य कार्यक्रम संयोजक तथा
ओ।पि।डी ईन्चार्ज ओपेन्द्र चन्द,लेखा सहायक कमल चौधरी र मधु खड्का
लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया