एरिजोनाको एक राजमार्गमा गाडी चलाउदै गोली हान्दा १ जनाको मृत्यु ,१२ जना घाइते
अमेरिकाको एरिजोनामा फिनिक्स नजिकको राजमार्गमा गाडी चलाउदै गर्दा गोली हान्दा १ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको एरिजोना प्रहरीले पत्रकार सम्मेलनमा बताएका छन् ।
यसै सिलसिलामा एक संदिग्धलाई हिरासतमा लिईएको छ र उनको सवारी साधन (कार)हतियार पनि बरामद भएको छ।
प्रहरीका अनुसार कम्तीमा ८ वटा विभिन्न स्थान घटेको घटनाहरूको अनुसन्धान गरिरहेको जनाएको छ । डेढ घन्टाको अवधिमा गत जुन १७ बिहीबार बिहान पश्चिम उपत्यकाभरि गोली चलाईएको थियो भनि एबिसी न्यूजले समाचार प्रकाशित गरेको छ ।
पियोरिया प्रहरी विभागका प्रवक्ता ब्रान्डन शेफर्टको नेतृत्वमा अनुसन्धानको भै रहेको छ । “यो अत्यन्तै जटिल अनुसन्धान हो,” शेफर्टले पत्रकारहरुलाई जानकारी दिदै भने ।
धेरै प्रहरी विभागहरू र एफबीआई लगायत बहु संस्था(एजेन्सी) हरू यसमा संलग्न छन्। गोलीबारीका स्थानहरुरूको संख्या “स्पष्ट रूपमा बढ्न सक्छ,” उनले भने।
स्थानीय समय बिहान ११:१० बजे पियोरिया प्रहरीलाई उत्तरी मार्गको नजिकै अर्को गाडीले गोली प्रहार गरेको भनी दूरभाष (फोन )आएको शेफर्टले भने।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया