बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:२०
वासिङटन डिसी 07:35

अमेरिकामा कूल २ करोड ८६ लाख ४१ हजारले कोरोना जिते,मृत्यु दरमा ३० प्रतिशत कमी

इनेप्लिज २०७८ असार ४ गते १०:४२ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १२ हजार २ सय ९४ जना संक्रमित भएका छन् । यसै गरी कोरोना भाइरसबाट ३ सय १२ जनाको मृत्यु भएको छ ।

गत बिहिबार जुन १७ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

कोरोनाबाट संक्रमण हुनेको औसत दरमा विगत दुई हप्तामा १८ प्रतिशतले कमी आएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ५ सय २४ जनाको निधन भएको छ भने दुई हप्तामा ३० प्रतिशतले मृत्यु दर घटेको छ ।

हाल अमेरिकामा १८ हजार ५ सय २० जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको संख्या १८ प्रतिशतले घटेको छ । गत जुन १७ का दिन अमेरिकामा ७ लाख २६ हजार ९ सय २० जनाले कोरोनाको जाँच गराएका छन् ।

अहिले बिहान बिहिबार सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३४ लाख ७५ हजार ९ सय ५२ रहेको छ । अमेरिकामा हाल सम्म ३१ करोड ४९ लाख ६९ लाख ३ सय ८६ जनाले कम्तिमा एक खुराक खोप लगाएका छन् ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४४ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५३ प्रतिशत पुगेको छ । अमेरिकामा वयस्कहरूले कम्तीमा पनि एक खुराक खोप ६५ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५५ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८७ प्रतिशत र पूर्ण खोप ७७ प्रतिशत दिइएको सिडिसीले जनाएको छ । अमेरिकामा हाल सम्म २ करोड ८५ लाख ७८ हजार ७ सय १ जनाले कोरोना जितेका छन् ।

अमेरिकाको जनसंख्या भन्दा ज्यादा खोपको आपूर्ति भएको छ भने गत जुन १७ सम्म ३७ करोड ७२ लाख १५ हजार खोप आपूर्ति गरि सकिएको छ । अमेरिकामा कूल २ करोड ८६ लाख ४१ हजार ४ सय ३९ जनाले कोरोना जितेका छन् ।

 

प्रतिक्रिया