बुधबार, माघ १२ २०७८
काठमाडौं ०४:२४
वासिङटन डिसी 17:39

सान फ्रान्सिस्कोमा ९४ बर्षिय एसियाली महिला माथि बिहानै छुरा प्रहार

इनेप्लिज २०७८ असार ४ गते १:४८ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को ९४ बर्षिय एसियाली महिला माथि छुरा प्रहार भएको प्रहरीले बताएका छन् । उनले उक्त बृद्ध महिला कैयौ पटक छुरा हानेका थिए ।

प्रहरीले उक्त संदिग्धलाई प्रहरीले हिरासतमा लिएका छन् । सान फ्रान्सिस्को प्रहरीका अनुसार गत बुधबार जुन १६ का दिन बिहान १०:१५ मिनेटमा आक्रमण गरेका थिए ।

सख्त घाइते भएकी बृद्ध महिलालाई अस्पताल लागिएको थियो भने सान फ्रान्सिस्को प्रहरी विभागका अनुसार उनि बच्ने अपेक्षा रहेको जनाएका छन् ।

अन्वेषकहरूले यो आक्रमण बिनाकारण हो भन्ने विश्वास गरेका छन ।

उक्त संदिग्ध ३५ बर्षिय डेनिएल काउच भएको पहिचान भएको छ भने उनलाई ११:१५ बजे बिहान पक्राउ गरिएको थियो ।

काउचलाई हत्याको प्रयास, आक्रमण ,गम्भीर चोट लगाएको ,वृद्ध दुर्व्यवहार ,अनुसन्धान उल्लङ्घन लगायत जस्ता आरोपमा मुद्दा दर्ता गरिएको छ । उनि जुन २२ का दिन अदालतमा हाजिर हुनेछन् ।

क्यालिफोर्नियामा एसियाली अमेरिकी बिरुद्ध २०१९ देखि २०२० सम्म १६ वटा घृणा अपराध भएको अभिलेख रहेको एबिसी न्युजले समाचार लेखेको छ ।

सन फ्रान्सिस्कोका नगर प्रमुख लन्डन ब्रीडले बुधवार राती सामाजिक संजालमा ट्वीट गर्दै “हाम्रो एएपीआई समुदायका सदस्यहरू बिरूद्ध हमलाहरूको बृद्धि भएपछि, म यो कुरा स्पष्ट गर्न चाहन्छु कि यस प्रकारको हिंसा अस्वीकार्य छ र हाम्रो शहरमा यसको कुनै ठाउँ छैन। विशेष गरी हाम्रो समुदायको बृद्ध सदस्यहरूलाई चोट पुर्‍याइन्छ भने । ” भनेका छन् ।

 

प्रतिक्रिया