बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:३७
वासिङटन डिसी 07:52

डिसीमा दिनदहाडै २ जनालाई गोली प्रहार ,४ जना प्रकाउ

इनेप्लिज २०७८ असार ३ गते २३:०० मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा भएको गोली काण्डमा २ जनालाई दिनदहाडै गोली हानिएको प्रहरीले जनाएका छन ।

यसै सिलसिलामा प्रहरीले ४ जना प्रकाउ गरेको छ ।

उनीहरुलाई जुन १७ बिहिबारको दिन दिउसो पक्राउ गरिएको प्रहरीले बताएका छन् । प्रहरीले उनीहरुलाई भागे पछि पछ्याउने क्रममा इटन प्राथमिक बिद्यालय निर्माणस्थलमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनीहरु बच्ने अपेक्षा रहेको जनाएका छन् ।

उक्त घटना डिसीको माकोम्ब गल्लीमा उत्तर पूर्वको ३४ औ गल्ली नजिक दिउसो १:४० मिनेटमा भएको थियो । डिसी प्रहरीका अनुसार एक वयस्कलाई खट्टामा अर्को वयस्कलाई पाखुरामा गोली हानेको बताएका छन् ।

उक्त घटना हुँदा त्यहाँ कुनै बालबालिकाहरू नरहेको प्रहरीले जनाएका छन् भने डिसीका जासुस प्रहरीहरू आएर उनीहरूलाई प्राथमिक उपचार गरेका थिए।

प्रहरीले ३ जना वयस्क र एक नाबालिगलाई हिरासतमा लिएका छन् भने प्रहरीहरूलाई कुनै चोट पटक नलागेको जनाएका छन् । उनीहरुको सवारी साधनबाट थुप्रै बन्दुकहरू फेला पारेको उनीहरूले बताएको डब्लुटिओपि डटकमले उल्लेख गरेको छ ।

उनीहरुले किन त्यसो गरेका हुन् र गोली हान्नुको मुख्य उद्धेश्य बारेमा अनुसन्धान भै रहेको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया