बिहीबार, माघ १३ २०७८
काठमाडौं ००:०७
वासिङटन डिसी 13:22

बाइडेनद्वारा जुनटिन्थ कानुनमा हस्ताक्षरसंगै अमेरिकामा संघिय बिदा थप

अमेरिकामा ४० बर्ष पछि नया राष्ट्रिय सार्वजनिक विदा स्थापित

इनेप्लिज २०७८ असार ३ गते २२:१५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसग शिखर वार्ता समापन लगत्तै अमेरिका आएर जुनटिन्थ कानुनमा हस्ताक्षर गरेका छन् । उनले हस्ताक्षर गरे पछि उक्त विधेयक कानुन भएको छ । जुन १९ का दिनलाई राष्ट्रिय स्वतन्त्रता दिवसको रुपमा स्थापित भएको छ  ।

अमेरिकामा अर्को संघीय विदा एक दिन बढ्ने भएको छ । अर्थात् अमेरिका भरि सरकारी काम गर्ने कर्मचारीलाई एक दिन छुट्टि मिल्ने भएको छ ।

अमेरिकी कंग्रेसले गत जुन १६ का दिन जुनटिन्थ कानुन पारित गरेको थियो । १९८३ मा मार्टिन लुथर किङ्ग जुनियरको सरकारी बिदा अनुमोदन भए पछि यो पहिलो पटक एक दिन बिदा थपिएको छ । ४० बर्ष पछि कंग्रेसले नया राष्ट्रिय सार्वजनिक विदा स्थापित गरेको छ ।

बाइडेनले भने संयुक्त राज्य अमेरिकामा दासत्वको अन्त्यको उपलक्ष्यमा संघीय बिदा आफ्नो राष्ट्रपति पदको “सबैभन्दा ठूलो सम्मान” हुनेछ ।

मैले तपाईलाई भन्नुपर्दछ, म केवल धेरै महिनाको लागि राष्ट्रपति भएको छु । मेरो लागि, मलाई राष्ट्रपतिको रूपमा दिइने सबैभन्दा ठूलो सम्मानका रूपमा मैले यसलाई लिएको बाइडेनले ह्वाइट हाउसमा बोल्ने क्रममा भने।

“मलाई पश्चात्ताप छ कि मेरा नातिनातिनातिहरु यहाँ छैनन्, किनकि यो हाम्रो इतिहासको वास्तविक, साँच्चै, साँच्चै महत्त्वपूर्ण पल हो। जुन १९ लाई संघीय बिदा बनाएर, सबै अमेरिकीहरूले यस दिनको शक्ति महसुस गर्न सक्दछन् र हाम्रो इतिहासबाट सिक्न सक्छन् – बाइडेनले भने।

उक्त समारोह व्हाइट हाउसको पूर्व कोठामा करिव ८० जना काँग्रेसका ,अफ्रिकन अमेरिकन कंग्रेसनल ककस सदस्यहरु ,स्थानीय निर्वाचित अधिकारीहरू, समुदाय नेताहरू र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । हाल सम्म केही राज्यहरुले मात्रले जुनटिन्थ अर्थात् जुन १९ मा भुक्तानी बिदाका रूपमा मनाउँछन्।

उपराष्ट्रपति कमला ह्यारिसको पनि उपस्थिति रहेको थियो ।

यस बर्षको १५६ औ जुनटिन्थ दिवस हो भने गृह युद्ध हुँदा अफ्रिकन अमेरिकन दास प्रथा उन्मुलन गरिएको थियो । गत मंगलवार सिनेटले सर्वसम्मतिबाट पारित गरेको थियो ।

जुनटिन्थ दिवस के हो :

जुन १९ लाई स्वतन्त्रता दिवस, मुक्ति दिवस र दासत्व-मुक्ति दिवस पनि भनेर चिनिन्छ । जुन १९ ,१८६५ मा संघीय फौज टेक्ससको गाल्भेस्टनमा आइपुगेको दिनलाई मानिन्छ ।

उनीहरु त्यहा पुगे पछि अफ्रिकी अमेरिकीहरूलाई दासत्वबाट स्वतन्त्र गरेका थिए । उनीहरुलाई सुनिश्चित गर्न दुबै पक्षले दासत्व मुक्तिमा हस्ताक्षर गरेपछि उनीहरू स्वतन्त्र भएका थिए। अर्थात् सोही दिन दासत्व मुक्तिको घोषणा गरिएको र गृहयुद्धको अन्त्य भएको थियो ।

गत बुधबार जुन १६ का दिन मतदान हुँदा हुन्छ भन्नेको पक्षमा ४१५ र विपक्षमा १४ मत परेको थियो ।

प्रतिक्रिया