ट्रम्पले पर्खालमा लगानी गरेको २ अर्ब डलर बाइडेन प्रशासनले ल्यायो फिर्ता
६६ वटा परियोजना लगाउने निर्णय
अमेरिकी भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको पर्खालमा लगानी गरेको करिव २ अर्ब डलर(अर्थात् २ बिलियन ) बाइडेन प्रशासनले फिर्ता ल्याएको छ ।
उक्त रकम प्रशासनले ६६ वटा परियोजना लगाउने निर्णय गरेको छ । उक्त रकम ट्रम्पले पेन्टागनको खातामा जम्मा गरेका थिए। प्रशासनका अनुसार २ अर्व डलर अन्य क्षेत्रमा बिलम्ब भएका परियोजना जस्तै सेनाका बिद्यालय,आवास ,प्रशिक्सन केन्द्र लगायत्मा लगानी गर्ने जनाएको छ ।
पेन्टागनको कोषमा रहेको उक्त रकम गत शुक्रबार फिर्ता गराएको छ । बाइडेन प्रशासनले करिव १४ बिलियन डलर( १४ अर्ब ) रक्षा विभागमा बचत भएको पहिचान गरेको थियो ।
कांग्रेसले “सीमा अवरोध आयोजना” को लागी स्वीकृत गरेको रकम प्रशासनले खर्च गर्ने छ जबसम्म सांसदले खर्च रद्द नगरेसम्म वा खर्चलाई पुनःमतदान नगरेसम्म खर्च गरिनेछ भनि प्रशासनले बताएका छन भनि एबिसी न्यूजले समाचार लेखेको छ ।
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया