´हाम्रो क्लवबाट पनि बाढी पिडीत क्षेत्रमा राहत र उद्धारकाे लागि जाने कुरा भयो ,हामी भाेलि जान्छौं बुबा` – असीमले भन्यो।
‘ ठिक छ जाऊ,पराेपकारी कार्य गर्नु त उत्तम नै हाे नि बरु सावधानी अपनाउनु,आफ्नोे ख्याल राख्नु´ – बुबाले सम्झाउँदै भने।
केही राहत सामग्रीहरु बाेकेर क्लबका साथीहरू सँगै असीम पनि बाढी प्रभावित क्षेत्रमा पुग्यो।उनीहरूकाे क्लबले जाेडताेडका साथ उद्धार कार्य गर्याे,राहत सामग्री वितरण गर्याे र टाेली फर्कियाे।
घरमा आएपछि बुबाले के रहेछ अवस्था भनी असीमलाई साेधे।
वास्तवमा धेरै धनजनको क्षति भएको रहेछ,बाढीले थुप्रै घरहरु बगाएछ,केही पुरीएका पनि रहेछन् तर हामीले साेचे जस्तो खाेलाे बस्तीमा पसेको रहेनछ,कुराे अर्कै रहेछ – असीमले जवाफ दियो।
हामीले समाचारमा त बस्तीमा बाढी पसेर सखाप भयो भन्ने नै सुनेका हाैं,के रहेछ त अर्कै कुराे ?- बुबाले साेधे।
बुबाको जवाफमा असीम भन्छ- खाेला भन्दा अलि माथी माथि बनाएका घरमा त खाेलाले क्षति गरेकोे छैन,जसले खाेलाे हिड्ने बगर क्षेत्रमा घर बनाए ती घरहरुमा मात्र खाेलाले क्षति गरेको रहेछ बुबा ,त्यसैले हामीले साेचे जस्तो खाेलाे बस्तीमा पसेको हैन रहेछ, बस्ती पाे खाेलामा पसेको रहेछ।
-मित्र उराठी गाैतम
[email protected]
प्रतिक्रिया