अमेरिकामा १४ दिनमा संक्रमण हुने दर २१ प्रतिशत र मृत्यु हुने दर २० प्रतिशत न्यून
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १२ हजार ८ सय १९ जना संक्रमित भएका छन् । यसै गरी कोरोना भाइरसबाट ३ सय ३२ जनाको मृत्यु भएको छ ।
गत बुधबार जुन १६ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।
कोरोनाबाट संक्रमण हुनेको औसत दरमा विगत दुई हप्तामा २१ प्रतिशतले कमी आएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख २ सय ४४ जनाको निधन भएको छ भने दुई हप्तामा २० प्रतिशतले मृत्यु दर घटेको छ ।
हाल अमेरिकामा १८ हजार ८ सय ७३ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको संख्या २१ प्रतिशतले घटेको छ । गत जुन १६ का दिन अमेरिकामा ७ लाख १८ हजार ७ सय ७६ जनाले कोरोनाको जाँच गराएका छन् ।
अहिले बिहान बिहिबार जुन १७ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३४ लाख ६५ हजार ५ सय ७० रहेको छ । अमेरिकामा हाल सम्म ३१ करोड २९ लाख १५ हजार १ सय ७० जनाले कम्तिमा एक खुराक खोप लगाएका छन् ।
अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४४ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५३ प्रतिशत पुगेको छ । अमेरिकामा वयस्कहरूले कम्तीमा पनि एक खुराक खोप ६५ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५५ प्रतिशतले लगाई सकेका छन् ।
अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८७ प्रतिशत र पूर्ण खोप ७७ प्रतिशत दिइएको सिडिसीले जनाएको छ । अमेरिकामा हाल सम्म २ करोड ८६ लाख १६ हजार ४ सय ९५ जनाले कोरोना जितेका छन् ।
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया