श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाह ज्यु लाई म सर्वसाधारण नागरिक राकेश कुमार शर्माको तर्फबाट खुला बिन्तीपत्र:

इनेप्लिज २०७८ असार ३ गते १०:१३ मा प्रकाशित

प्रापक

श्री ५ युवराज्ञी हिमानी सरकार ज्यु,

निर्मल निवास

काठमाडौं (नेपाल)

मिति:२०७८/०३/०३

विषय:श्री ५ युवराज्ञी हिमानी सरकार अब नवयुवराज हृदयेन्द्र शाहको लागि कदम चाल्नुपर्ने आवश्यकता छ।

श्री ५ युवराज्ञी हिमानी सरकार राजा ज्ञानेन्द्र शाहले जनताहरुले चाहे भने आफू आउने चाहना व्यक्त गर्नु भएको थियो।नेपाली जनताहरुको भरोसामा पर्नु भयो भने नेपालमा सय वर्षमा पनि राजसंस्था फर्कन असम्भव छ।नेताहरूको लहैलहैमा लागि राजसंस्था फाल्ने,हिन्दु राष्ट्र फाल्ने र उफ्रि उफ्रि सडकमा राजसंस्थाको विरोधमा नाराहरु लगाउने नेपाली जनताहरु नै हुन ।

श्री ५ युवराज्ञी हिमानी सरकार अब राजा ज्ञानेन्द्र शाहले एक्कासि नासो फिर्ता लिनेे समय आएको छ राजा ज्ञानेन्द्र शाहले ०६२/०६३ सालमा के कति कारणले नासो जिम्मा लगाएको हो र पुनः नासो किन फिर्ता लिएको सम्बोधनका साथ राजाको आगमन आवश्यक छ।म पनि जनता नै हुँ यसकारण राजा गुहार्ने र सेनाहरु गुहार्ने मेरो अधिकार छ।नेपालको राजनीतिक अवस्था इतिहासको कालखण्डमा हालको वर्तमान परिस्थितिमा गम्भीर मोडमा छ।मुलुक अभिभावक विहीन भएको छ।श्री ५ युवराज्ञी हिमानी सरकार तत्काल के के कार्ययोजनाहरु लागु गर्नुपर्ने र दुरदृष्टि दीर्घकालीन सोच तैयारीका साथ राजा ज्ञानेन्द्र शाहले नासो फिर्ता लिनुपर्छ।

श्री ५ युवराज्ञी हिमानी सरकार के.पी. शर्मा ओलीले विघटन गरेको प्रतिनिधि सभा पुन: स्थापना हुन सक्छ भने राजा ज्ञानेन्द्र शाहले जिम्मा लगाएको नासो फिर्ता लिन मिल्छ।राजा ज्ञानेन्द्र शाहले चाहेको खण्डमा नासो फिर्ता लिन कानुनले रोक्न सक्दैन मेरो जिकिर छ।विक्रम सम्वत २०४७ सालको संविधान समाप्त भएको छैन।यसकारण विक्रम सम्वत २०४७ सालको संविधान जिवित अवस्थामा छ।संविधान भन्दा माथी श्री ५ महाराजधिराज ज्ञानेन्द्र सरकार हुनु हुन्छ।

श्री ५ हिमानी सरकार ज्यु हजुरहरु कहिले सम्म देशभक्त बन्ने ? राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त भएर सम्भव छ ? जनताहरु कसैलाई पनि राष्ट्रियता संग सरोकार छैन।तीन करोड जनताहरु मध्ये अपवादको रूपमा श्री ५ हिमानी सरकार हजुरहरु जस्तै दशबीस हजार देशभक्त होलान बाँकी सबै राजनीतिक दलहरूका कार्यकर्ताहरु मात्र छन।श्री ५ हिमानी सरकार मेरो यो यथार्थ कुराहरूलाई हजुरहरुले राम्ररी मनन गर्नुपर्ने र बुझ्नुपर्ने हो ।

सच्चा देशभक्त हुनु नै राजा ज्ञानेन्द्र शाह परिवारको लागि अभिशाप ठहर हुन गयो।म के भन्छु भने राजनीतिक दलहरूका नेताहरू,राजनीतिक दलका कार्यकर्ताहरु र जनताहरु कसैलाई पनि राष्ट्रियता संग सरोकार छैन।के राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त भएर सम्भव छ ? राजा ज्ञानेन्द्र शाह परिवारले बुझ्नुपर्ने यथार्थ कुरा यही हो।विक्रम सम्वत ०६२/०६३ सालमा राजा ज्ञानेन्द्र शाह समय सापेक्ष र अनुकूलता साथ चल्न नसक्नु राजा ज्ञानेन्द्रका लागि दुर्भाग्य प्रमाणित भयो।राजा ज्ञानेन्द्र शाहलाई धेरैजसोले व्यापारी पनि भन्ने गर्छन व्यापारीलाई मुलुक कसरी चलाउनुपर्छ भन्ने के थाहा कुराहरू समय समयमा सुनिएको छ।

देशभक्त भएको कारण नै श्री ५ महेन्द्र शाह, मदन भण्डारी,जीवराज आस्रित,श्री ५ बिरेन्द्र शाह वंशको हत्या भएको र राजा ज्ञानेन्द्र शाहले नासो जिम्मा लगाउनुपर्ने परिस्थिति आएको हो।राजा ज्ञानेन्द्र शाह परिवारले बुझ्नुपर्ने यथार्थ कुरा यो पनि हो।

कोरोना भाइरस संक्रमणको महामारीमा सत्ता स्वार्थ र सत्ता लिप्सामा नेताहरू बीच सत्ता जोगाउने र ढाल्ने खेल भएको छ उचित समय हो र ? नेताहरूको तुलनामा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव त्यागी राजा हुन।आजसम्म राजगद्दी त्याग गरी बसे।प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा मनपरि, लुटन नपाउने र राज्यकोष ढुकुटी दुरुपयोग दोहन गर्न नपाउनेहरुले मात्र राजा र सेनाहरुको विरोध गर्छन।

दलीय व्यवस्था उत्कृष्ट व्यवस्था हो तर हाम्रो मुलुकमा नेताहरूले दलीय व्यवस्थालाई खाने पेशा बनाई बार्गेनिङ गर्ने व्यापार गर्ने थलो बनाइएकोले हाम्रो मुलुकमा दलीय व्यवस्था अफाब सिद्ध भएको छ।अन्तर आत्मालाई साक्षी राखी वास्तविक रूपमा साच्चिकै भन्नुपर्दा विक्रम सम्वत २०६२/०६३ सालपछि राजनीतिक नेतृत्वहरुबाट मुलुकले आजसम्म निकास पाउन सकेन।

श्री ५ युवराज्ञी हिमानी सरकार राजनीतिक नेतृत्वहरु मुलुकमा निकास दिन असक्षम र असफल भएकोले राजा ज्ञानेन्द्र शाह आफैमा एउटा शक्ति हो र अभिभावक पनि हो।तत्काल राजा ज्ञानेन्द्र शाहले सीधै सत्ता हस्तक्षेप,सत्ता कब्जा गर्ने र सत्ता खोस्ने हो।

श्री ५ युवराज्ञी हिमानी सरकार वास्तविक रूपमा विक्रम सम्वत ०६२/०६३ सालपछि मुलुकले पाउनुपर्ने निकास नपाएकोले श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवले समय समयमा वक्तव्य र संदेश मार्फत राजनीतिक दलहरूका नेताहरूलाई चेतावनी दिंदै र खबरदारी गर्दै आएकोमा अब राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूका नेताहरूलाई चेतावनी र खबरदारी गर्ने होइन अबको बाटो राजा ज्ञानेन्द्र शाहले बुझाएको नासो फिर्ता लिनुपर्ने हुन्छ।

श्री ५ युवराज्ञी हिमानी सरकार अब श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव ज्यु ले श्री ५ महेन्द्र शाह जस्तो दुरदृष्टी सोच र दुरदर्शिता लक्ष्य र उद्देश्य लिएर विक्रम सम्वत २०४७ सालको संविधान बमोजिम नै राजा ज्ञानेन्द्र शाहले सीधै सत्ता हस्तक्षेप, सत्ता कब्जा गर्ने अर्थात अब सत्ता खोस्ने हो ? मुलुकको लागी राजा आफैमा एउटा शक्ति र अभिभावक हो ।

श्री ५ युवराज्ञी हिमानी सरकार मुलुकमा राज्यकोषबाट ढुकुटी रित्तै भएको अवस्था छ।राजा ज्ञानेन्द्र शाहले केही समयका लागि विश्राम लिए पश्चात आज सम्म मुलुकले निकास पाउन सकेको छैन।मुलुकमा कोरोना भाइरस संक्रमणको महामारीमा झनै विकृति,बेथिति,अराजकता,अस्थिरता, ढण्डहीनता बढदै गएको र मुलुकमा लथालिङ्ग अवस्था छ।

श्री ५ युवराज्ञी हिमानी सरकार आफ्नो वंश नवयुवराज हृदयेन्द्र शाहको लागी भएपनि राजा ज्ञानेन्द्र शाहले तत्काल कदम चाल्नुपर्ने आवश्यकता छ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।जिल्ला मकवानपुर,हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर:९८४८०५५७७६ ।

प्रतिक्रिया