कलेज विपन्न परिवार खाद्यान्न सहयोग

इनेप्लिज २०७८ असार ३ गते ९:५८ मा प्रकाशित

विराटनगर,३असार।हिमालय दर्शन कलेज विराटनगरले शैक्षिक गतिविधीसंगसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै निषेधाज्ञा कारण भोको पेट सुत्न बाध्य भएको विपन्न परिवारलाई वितरण गर्न आज यहाँ खाद्यन्न सामाग्री प्रदान गरेको छ।

कलेजले जिपी फाउण्डेशन प्रदेश नेतृत्वलाई निषेधाज्ञा अवधिमा अति विपन्न ५० परिवारलाई पुग्ने खाद्यन्न सामाग्री वितरण गरेको हो।कलेजले फाउण्डेशन प्रदेश अध्यक्ष शैलेन्द्रराज शिवाकोटीको नेतृत्वमा आएको टोलीलाई १५ केजीको दरले ५० जनालाई पुग्ने चामल वितरण गरेको कलेजका प्रमुख भरत सापकोटाले जानकारी दिनु भयो।

उक्त चामल विराटनगर–१९ मा रहेका मुसर वस्तीका ५० परिवारलाई वितरण गर्ने फाउण्डेशनका शिवाकोटीले बताउनु भयो।कलेजका प्रमुख सापकोटा, निर्देशद्वय भेषराज पोखरेल र ज्ञानबहादुर खडका,कलेजका संस्थापकहरु र विद्यार्थीहरु वितरण प्रदान गर्नु भएको छ।

कलेजले विपन्न परिबारका सदस्यहरुलाई विभिन्न संस्थाहरुलाई राहतस्वरुप चामल गरेको थियो।कलेज कोरोना महामारीका कारण शैक्षिक गतिविधीलाई रोकेर सामाजिक कार्यमा लागी परेको छ।

 

प्रतिक्रिया