बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:०४
वासिङटन डिसी 08:19

तमु-परिवार न्युयोर्क़ अमेरीकाको अध्यक्षमा मनिता देवि गुरूङ निर्वाचित

हार्दिक बधाई तथा शुभकामना

इनेप्लिज २०७८ असार ३ गते १:१७ मा प्रकाशित

तमु-परिवार न्युयोर्क़ अमेरीकाको अध्यक्षमा मनिता देवि गुरूङ निर्वाचित भएकी छिन । साथै नया कार्यकारी समिति बनेको छ । न्युयोर्क शहरको कुईन्स ब्रिज पार्कमा समर पिकनिकको अयोजना गरी तमु-परिवार न्युयोर्क़ अमेरीकाको लागि गत जून १२,२०२१ शनिवारका दिन सम्पन्न दोस्रो महाधिवेशनबाट मनिता देवि गुरूङ सर्वसम्मतबाट निर्वाचित भएकी हुन् ।

साथै मनिता गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति निर्माण पनि भएको छ ।

समितिमा अध्यक्ष -मनिता देवि गुरूङ ;उपाध्यक्ष -अमर गुरूङ ;सचिव-देवि जंग गुरूङ ;उपसचिब-निरज घले;कोषाध्यक्ष-टिकाराज गुरूङ तथा सह कोषाध्यक्ष -चिनु घले रहेका छन् ।

यसै गरि सदस्यहरूमा प्रबिन गुरूङ,,किरण गुरूङ ,पूर्ण गुरूङ ,माया गुरूङ ,विध्या गुरूङ ,थमन गुरूङ ,किर्ती घले,अर्पन गुरूङ ,प्रेम गुरूङ ,शिब भक्त गुरूङ तथा शिब गुरूङ निर्वाचित भएका छन ।

बिजयी हुनु हुने सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूमा कार्यकाल सफलताको हार्दिक शुभकामना तथा हार्दिक बधाई ज्ञापन गर्दछौ ।

प्रतिक्रिया